2026-08-28 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बाढीबाट तत्काल जोगिन रेडक्रसको सुझाव

असोज ५,झापा। नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षात्को समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ ।

झापामा यस वर्ष बाढी र अविरल वर्षाले लगभग डेढ दर्जन मानिसको मृत्यु र अर्बौं रुपैयाँ बराबरको धन सम्पत्ति नष्ट भएको छ । 

बाढीले कृषि क्षेत्र, नदीका तटबन्ध, सिँचाइ क्षेत्र, मानव बस्ती, सडक सञ्जाल र सामुदायिक विद्यालयमा अत्याधिक क्षति पु¥याएको छ । 

बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज एवं राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको उक्त शाखाले बाढीबाट मानव जनजीवन प्रभावित हुन नदिनका लागि तत्काल राहत, उद्धार एवं खोज गर्न केही सुझाव दिएको छ । 

सुझावमा जननिर्वाचित जनप्रतिनिधिलाई विपद् व्यवस्थापनसम्बन्धी गोष्ठी (तालीम), कार्यशाला अभिमुखीकरण गर्न जिल्ला समन्वय समितिले पहल गर्नुपर्ने, स्थानीय विपद् व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समिति, स्थानीय विपद् जोखिम व्यवस्थापन योजना, सामुदायिक विपद् जोखिम व्यवस्थापन योजनालगायतले स्थानीय निकायसँग सरोकारका विषयमा छलफल गरी कार्यान्वयन गनुपर्ने, स्थानीय तहमा कार्यरत विपद् व्यवस्थापन कोष स्थापना तथा हरेक स्थानीय निकायामा १०० सेट गैर खाद्य सामग्री राख्नुपर्ने, एक÷एक वटा रबरबोट (डुंगा) तयारी अवस्थामा राख्नुपर्ने, गाउँपालिका र नगरपालिकामा विपद्को समयका लागि सुरक्षित स्थानको पहिचान गर्नुका साथै हरेक स्थानीय निकायमा एक÷एक वटावटा सुरक्षित सामुदायिक भवन निर्माणका लागि पहल गर्नुपर्ने सुझाव दिएको सोसाइटीका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । 

उहाँले नमूना बस्ती वा नमूना गाउँ निर्माणका लागि सबै क्षेत्रबाट आवश्यक पहल र प्रयत्न हुन जरुरी भएको र जनता आवासजस्ता सरकारी योजनालाई यसैमा एकीकृत गरी योजना सञ्चालन हुनुपर्ने बताउनुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले