१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

५ आश्विन २०७४, बिहीबार ११:२६

असोज ५, म्याग्दी। यहाँका एक किसानले आधुनिक प्रविधिको प्र्रयोग गरेर घाँस उत्पादन गरेका छन् । 

बेनी नगरपालिका–९ तोरीपानीस्थित धौलागिरि व्यावसायिक बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले ‘हाइड्रोफोनिक’ प्रविधिको प्रयोग गरेर घाँस उत्पादन गर्नुभएको हो । माटोबिना नै पानीको सहायताले उत्पादन गरिने घाँसले दानासरह पौष्टिक तत्व दिने र दानाको लागत घट्ने उहाँ बताउनुहुन्छ । 

दानाका रुपमा प्रयोग हुने गहुँ, जौ र मकैलाई भिजाएर पातलो टे«मा रुमालले छोपेर अँध्यारो कोठामा पानीको मात्रा र तापक्रम मिलाएर राखेपछि आठ दिनमा घाँस तयार हुन्छ । परीक्षण सफल भएपछि उहाँले सोही प्रविधि प्रयोग गरेर घाँस उत्पादन गर्न थाल्नुभएको छ । एक किलो दानाबाट १२ किलो घाँस उत्पादन हुने रिजालले बताउनुभयो । 

विसं २०७१ देखि सञ्चालित सो फार्ममा उन्नत बोयर र बोयर क्रस जातका बाख्रापालन गरिँदै आएको छ । छिटो हुर्कने, तौल बढी हुने, रोग कम लाग्ने बोयर जातको बाख्रापालनबाट चाँडो आम्दानी लिन सकिने रिजालले बताउनुभयो । करिब १७० किलोसम्म तौल हुने बोयर जातको खसी–बोका व्यावसायिक हिसाबले उपयोगी भएकाले स्थानीय जातको बाख्रा विस्थापित गरेर बोयर क्रस गराएर पाल्न थालेको उहाँले बताउनुभयो । 

सो फार्मबाट बोयर बोका र स्थानीय जातको बाख्राबाट जन्मिएका पाठापाठी बीउका रुपमा वार्षिक बिक्री हुने गरेको छ । तीस किलोको बोकालाई रु ५० हजारसम्ममा बिक्री गरिन्छ । करिब रु आठ लाखको लागतमा स्थापित सो फार्ममा तीन जनाले रोजगारी पाएका छन् । वार्षिक रु चार लाखसम्म आम्दानी हुने रिजाल बताउनुहुन्छ । हाल सो फार्ममा ४६ वटा बाख्रा रहेका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह