११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सहकारी व्यवस्थापनमा बर्दिया पहिलो नमूना जिल्ल्ला: प्रधानमन्त्रीले गरे फोनबाटै घोषणा

३० फाल्गुन २०७२, आईतवार ०२:४९

bardiya sabhaप्रभात सुवेदी/फागुन ३०, बर्दिया । जिल्लाको राजापुर नगरपालिकामा शनिवार आयोजित विशेष सभामा बर्दिया जिल्लालाई सहकारी व्यवस्थापनमा नेपालकै पहिलो नमूना जिल्लाको रुपमा घोषणा गरिएको छ ।

प्रधानमन्त्री के.पी. शर्मा वलीले सम्बोधन गर्ने कार्यक्रम रहेकोमा मौसमको खरावी भएकोले फोन सम्बोधनबाटै प्रधानमन्त्री वलीले नमूना जिल्ला घोषणा गर्नुभएको हो ।

यसरी नमूना जिल्लाको रुपमा घोषणा गनै पाएकोमा आफू निकै खुसी भएको बताउँदै सहकारीका माध्यमबाट अव मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो । करीव ४ मिनेट जति लामो सम्बोधनमार्फत वहाँले गरिवी न्यूनीकरण गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र नयाँ नेपाल निर्माण कार्यमा निरन्तर लागिरहने बताउनुभयो ।

bardiya sabha1

कार्यक्रममा जिल्लाको समग्र साना किसान कृषि सहकारीहरुको प्रगति प्रतिबेदन नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य पुर्ण शर्माले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व ईजरायली राजदूत हनान गोड्र, व्यवस्थापिका संसद सदस्यहरु निर्मल सुवेदी, श्यामप्रसाद ढकाल, लीला राना, मानबहादुर थारु, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम सानाकिसान कृषि सहकारी संघ बर्दियाका अध्यक्ष डिल्लीराम जैशीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु