2026-09-25 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्र शिखर सम्मेलन : जेलेन्स्कीसँग भेट्ने ट्रम्पको योजना र अन्धकार दृष्टिकोण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्नुहुनेछ । रुसविरुद्ध पश्चिमी धैर्य घट्दै गएको बेला हुने यो भेटलाई संयुक्त राष्ट्र शिखर सम्मेलनकै एउटा प्रमुख क्षण मानिएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेपछि पहिलोपटक संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ । सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संस्थाहरूमा अमेरिकी भूमिकालाई कटौती गर्ने अन्धकार दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अलास्का आमन्त्रित गरेपछि जेलेन्स्कीसँग यो दोस्रो भेट हुनेछ । पुटिनसँगको उक्त कदमले पश्चिमी अलगाव तोडे पनि युक्रेन युद्धमा कुनै प्रगति भएको थिएन ।

रुसले युक्रेनमाथि आक्रमण जारी राख्नुका साथै पोल्यान्ड, इस्टोनिया र रोमानियामा ड्रोन तथा हवाई आक्रमण बढाउँदा नाटो सदस्यहरूमा चिन्ता बढेको छ । अमेरिकी राजदूत माइक वाल्ट्जले नाटोको ‘हरेक इन्चको रक्षा गर्ने’ वाचा गर्नुभएको छ ।

ट्रम्पले युद्ध एक दिनमै अन्त्य गर्ने दाबी गर्दै पुटिनसँगको व्यक्तिगत सम्बन्धमा भरोसा राख्नुभएको थियो । तर हालै उहाँले ‘पुटिनले निराश पारेको’ स्वीकार गर्नुभयो । जेलेन्स्कीले भने ट्रम्पलाई रूसविरुद्ध कडा लाइन लिन दबाब दिने अपेक्षा गरिएको छ । तर विदेशमन्त्री मार्को रुबियोले ट्रम्प पुटिनमाथि दबाब दिन इच्छुक नभएको सङ्केत दिनुभएको छ ।

फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई अमेरिकी सहयोगबारे ‘कृतघ्न’ भनेपछि दुई नेताबीचको सम्बन्ध अझै संवेदनशील रहेको छ ।

न्युयोर्कमा छोटो बसाइ रहने ट्रम्पले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिले जस्ता सहयोगी नेतासँग पनि भेट गर्नुहुनेछ । ह्वाइट हाउसका अनुसार उहाँले ‘विश्वभर अमेरिकी शक्तिको नवीकरण’ र ‘विश्वव्यापी संस्थाहरूले बिगारेको विश्व व्यवस्थाबारे आफ्नो दृष्टिकोण’ प्रस्तुत गर्नुहुनेछ ।

ट्रम्पले दोस्रो कार्यकालमा ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र जलवायु निकायबाट अमेरिकालाई बाहिर निकाल्नुभएको छ, विकास सहयोगमा कटौती गर्नुभएको छ र विदेशी न्यायाधीशहरूलाई प्रतिबन्ध लगाउनुभएको छ ।

मानव अधिकार समूह अक्सफाम अमेरिकाले ट्रम्पलाई ‘सहयोगको सट्टा अराजकता बढाउने’ भन्दै आलोचना गरेको छ ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पश्चिमी सहयोगीहरूलाई लिएर प्यालेस्टिनी राज्यलाई मान्यता दिने अभियान चलाइरहेका बेला ट्रम्पको उपस्थितिले थप तरङ्ग ल्याएको छ ।

संयुक्त राज्य अमेरिका र इजरायल भने यस विषयमा भएको विशेष सत्रबाट टाढा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह