२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्रसङ्घमा बहुपक्षवादको समर्थन

८ आश्विन २०८२, बुधबार १२:२८

फ्रान्सदेखि दक्षिण कोरिया, दक्षिण अफ्रिकादेखि सुरिनामसम्मका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ (युएन) का महासचिव एन्टोनियो गुटेरेसको युद्ध, गरिबी र जलवायु अराजकताजस्ता वैश्विक चुनौतीहरूलाई मिलेर सम्बोधन गर्ने आह्वानलाई समर्थन गरेका छन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डा जोडका साथ प्रस्तुत गर्नुभयो ।

गुटेरेसले महासभाको वार्षिक अधिवेशन उद्घाटन गर्दै युद्धभन्दा शान्ति, अराजकताभन्दा कानून र आत्महितभन्दा सहकार्यलाई रोज्न नेताहरूलाई आग्रह गर्नुभयो ।

उहाँले बढ्दो बहुध्रुवीय विश्वमा चीन र भारतजस्ता शक्तिहरूको उदयलाई स्वीकार गर्दै प्रभावकारी सहयोग र संस्थागत संरचना बिना अराजकता बढ्ने चेतावनी दिनुभयो ।

– नेताहरूको चेतावनी र समर्थन –

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्वितीय विश्वयुद्धपछि बनेको युएन ८० वर्षपछि ‘विभाजनका कारण कमजोर बन्दै गएको’ बताउनुभयो । उहाँले भन्नुभयो, “जटिल संसारले युएनका शान्ति, न्याय र मानव अधिकारका आधारभूत सिद्धान्तलाई समर्थन नगर्ने कारण बन्नु हुँदैन ।”

सुरिनामकी राष्ट्रपति जेनिफर गेरलिङ्स–साइमन्सले बहुपक्षवादलाई ‘मानवताको महान उपलब्धि’ भन्दै यसको सुरक्षा आवश्यक भएको बताउनुभयो ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले युएन सदस्यता साझा मानवताको प्रतीक भएको बताउनुभयो ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भन्नुभयो, “समय जति कठिन हुन्छ, त्यति नै हामीले युएनको आधारभूत भावनामा फर्कनुपर्छ ।”

– ट्रम्पको अमेरिका फर्स्ट –

तर दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि महासभामा पहिलो सम्बोधन गर्दै ट्रम्पले कुनै सम्झौता नगरी ‘अमेरिका फर्स्ट’ भाषण दिनुभयो ।

उहाँले अमेरिकालाई ‘सबैभन्दा बलियो सीमा, सेना, मित्रता र भावना भएको राष्ट्र’ भन्दै ‘यो अमेरिकाको स्वर्ण युग हो’ भनी दाबी गर्नुभयो ।

ट्रम्पले युएनलाई असक्षम संस्था भन्दै आलोचना गर्नुभयो र एस्केलेटर बिग्रिनु तथा टेलिप्रोम्प्टर नचालिनुजस्ता घटनामा समेत दोषारोपण गर्नुभयो ।

युएनले ती समस्याको जिम्मा अन्य पक्षमा लगाएको थियो । तर गुटेरेससँगको भेटमा उहाँको स्वर नरम हुँदै ‘अमेरिका युएनको सतप्रतिशत पछि छ’ भन्नुभयो ।

– विश्वका द्वन्द्व र ट्रम्पको धारणा –

महासभासँगै सुरक्षा परिषद्ले युक्रेन र गाजाको युद्धबारे आपत्कालीन बैठक गर्‍यो ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले सामाजिक सञ्जालमा ‘युक्रेनले रुससँग गुमाएका सबै भूभाग पुनः पाउन सक्छ’ भन्नुभयो । यद्यपि उहाँले पहिले क्षेत्रीय सम्झौता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

गाजामा बैठकले अमेरिकाको अलगावलाई झल्कायो । अधिकांश राष्ट्रहरूले युद्धविराम र मानवीय सहायता मागे पनि नयाँ अमेरिकी राजदूत माइक वाल्ट्जले बैठकलाई ‘छल’ भन्नुभयो ।

– मध्यपूर्वमा मतभेद –

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार शान्तिका लागि इच्छुक नभएको आरोप लगाउँदै प्यालेस्टिनीहरूको स्वतन्त्र राज्यको अधिकार निर्विवाद भएको बताउनुभयो ।

फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अभियानको नेतृत्व गरेपछि अमेरिकासहितका शक्तिहरूबीच अझै गहिरो विभाजन देखिएको छ ।

– आर्थिक सङ्कटमा युएन –

युएनमा बजेटीय सङ्कट पनि चर्किएको छ । अमेरिकासहित केही राष्ट्रले कोष फिर्ता लिएपछि मानवीय सहायता अपुरो भएको गुटेरेसले ‘धेरैका लागि मृत्युदण्ड सरह’ भन्नुयभो ।

मानवतावादी प्रमुख टम फ्लेचरले ११ करोडभन्दा बढी मानिसलाई सहयोगका लागि मागिएको नौ अर्ब डलरमध्ये अहिलेसम्म १९ प्रतिवशत मात्र वित्तपोषण भएको बताउनुभयो ।

यसैबीच, गुटेरेस र ट्रम्पबीच संवादलाई फ्लेचरले ‘सकारात्मक र आवश्यक कूटनीतिक संवाद’ भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान