2026-09-26 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बैङ्ककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध

बुधबार बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्‍याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ ।

कुनै मानवीय क्षति नभएको तर तीनवटा गाडी क्षतिग्रस्त भएको बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टले बताउनुभयो । उहाँले यसलाई भूमिगत रेल स्टेशन निर्माण कार्यसँग जोडेर दुर्घटनाको कारण हुनसक्ने बताउनुभयो ।

दुर्घटनाको भिडियोमा सडक क्रमशः भासिँदै बिजुलीका खम्बा ढल्दै र पानी पाइप फुटेको देखिन्छ । चार लेनको सडक पूर्ण रूपमा अवरुद्ध भएपछि कारहरू पछि हट्न बाध्य भएका छन् । खाडलको किनारा भूमिगत संरचना उजागर गर्दै प्रहरी चौकीको अगाडि नै रोकिएको छ ।

नजिकैको अस्पतालमा दुई दिन बहिरङ्ग सेवा (ओपिडी) बन्द हुने घोषणा गरिएको छ । यद्यपि भवनको संरचनामा असर नपरेको बताइए पनि प्रहरी चौकी र आसपासका घरहरूबाट मानिसहरूलाई बाहिर निकालिएको छ ।

क्षेत्रको बिजुली र पानी आपूर्ति पनि काटिएको छ । भारी वर्षाले थप क्षति पुर्‍याउन सक्ने आशङ्का बीच तत्काल मर्मत कार्य भइरहेको गभर्नर चाडचार्टले जानकारी दिनुभयो बैङ्कक अहिले मनसुनको मौसममा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह