२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सिर्जना र काव्यको समागम

२०७२, ३० फाल्गुन आईतवार ०२:५२

samman newsप्रभात सुवेदी/फागुन ३०, बर्दिया । मध्य पश्चिमाञ्चल श्रष्टा समाजले शनिवार नेपालगञ्जमा आयोजना गरेको श्रष्टाहरुको सम्मान कार्यक्रममा विविध विधाका सिर्जनारुको काब्यिक समागम गरिएको छ ।

खासगरी तराइको माटो र यस क्षेत्रको सुगन्धलाई शाब्दिक रुपमा टपक्क टिपेर पछिल्लो समयमा आख्यान बुन्न सफल आख्यानकार नयनराज पाण्डे, स्वास्थ्य सेवा तथा समाज सेवाका साथसाथै साहित्यलाई भाषिक विधितामा ढालेर लामो समयदेखि साहित्य सिर्जनामा लाग्नुभएका डा. कृष्णजंग शाह र यस क्षेत्रमा लामो समयदेखि अवधि भाषामा साहित्य सिर्जनाका साथसाथै सञ्चार क्षेत्रमा अतुलनीय योगदान दिनुहुने विष्णु कुमाललाई सम्मानका लागि आयोजति कार्यक्रमा साहित्यिक समागम गरिएको हो ।

samman newsq

प्रमुख अतिथि रहनुभएका कथाकार सनत रेग्मीले साहित्यिक सिर्जना बाचन गरी शुरु गर्नुभएको कार्यक्रमा डा. कृष्णजंग शाहले आप्mना हिन्दी तथा नेपाली भाषाका गजलहरु बाचन गर्नुभएको थियो भने आख्यानकार नयनराज पाण्डेले आफूले नेपालगञ्ज तथा तराईको विषयहरुलाई समेट्नुको कारण उल्लेख गर्दै यहाँको माटोले आप्mनो हृदय स्पर्श गरको र अझै पनि यहाँका अधिकांश चरित्रहरुले गरेको संघर्षको कथाबेथाहरुका बारेमा लेख्दै जाने बताउनुभयो । उहाँका लू, उलार, नांगो मान्छेको डायरी लगायतका कृतिहरु चर्चित छन् । यसैगरी अर्का सम्मानित श्रष्टा विष्णु कुमालले पनि आप्mना भनाइहरु राख्दै यसरी सम्मानित हुन पाएकोमा गर्वको अनुभूति भएको बताउनुभयो ।

मध्य पश्चिमाञ्चल श्रष्टा समाजका अध्यक्ष सृजन लम्सालको सभाध्यक्षमा सम्पन्न काव्य समागममा साहित्यिक व्यक्तित्व सच्चिदानन्द चौवे, नर्वदा शर्मा, भिष्म उप्रेती, प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारी, अनुपमा करारा, महानन्द ढकाल लगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन साहित्यिक व्यक्तित्व भोजराज शर्मा ‘नादिर’ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु