१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा गलत औषधिले मृत्यु भएको पीडितको दाबी

६ आश्विन २०७४, शुक्रबार ०५:४२

असोज ६, झापा। छाती दुखेर औषधि गर्न आएका एक बिरामीको यहाँस्थित एक अस्पतालमै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । 

एड्भान्स हेल्थ केयर सेन्टरमा औषधि गर्न आएका दमक–६ बस्ने ४४ वर्षीय नवीन रानामगरको मृत्यु भएपछि उनीहरुका आफन्तले बिरामीको मृत्युमा अस्पतालको लापर्बाहीबाट भएको भन्दै अस्पतालविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मृतक मगर बस काउन्टर, दमकका कर्मचारी हुन् । 

औषधि गर्न अस्पताल गएका मगरको अस्पतालका स्वास्थ्यकर्मीले औषधि दिएको केहीबेरमा मृत्यु भएको पीडित परिवारले जनाएका छन् । 

चिकित्सकका कारणले नै बिरामीको मृत्यु भएको उजुुरी दिँदै पीडितका आफन्त प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका कारण दिनभरि अस्पतालका सबै सेवा प्रभावित बन्न पुगेको थियो । मगरका आफन्त तथा परिवारले अस्पतालका कारण बिरामीको अकालमै मृत्यु भएको पीडितको उजुरीमा उल्लेख छ । 

मृतकका भाइ–बुहारी मञ्जु राईले अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गरेकाले बिरामीको ज्यान गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई न्याय दिनुपर्छ, गल्ती गर्नेलाई कारबाही हुनुपर्छ ।” 

एड्भान्स रिसर्च सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष सुवेदीले अस्पतालका स्वास्थ्यकर्मीका कारण बिरामीको मृत्यु नभएको दाबी गर्नुहुन्छ । बिरामीलाई औषधि दिएका कारण त्यस्तो भएको होइन, मुटुको समस्याले बिरामीको मृत्यु भएको उहाँको भनाइ छ । 

मगरको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ । 

यसैबीच, बिरामीको मृत्यु प्रकरणमा अस्पतालबाट गल्ती भएको भेटिए कानूनअनुसार कारबाही गर्ने र क्षतिपूर्ति दिने सहमति भएको छ । सहमति भएअनुसार पीडितलाई राहत दिलाउन दुई छोरीको उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्ने तथा मृतकको स्मृतिमा ट्रष्ट खोल्ने सहमति भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै