असोज ६, झापा।यसैबीच, जमेको पानीमा डुबेर दमक नगरपालिका वडा नं १० का एक बालकको बिहीबार साँझ ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार यसरी ज्यान जानेमा दमक–१० का बेदप्रसाद अधिकारीका १२ वर्षीय छोरा शौरभ अधिकारी रहेका छन् ।
घाँस बोकेर घर आउँदै गर्दा पानी जमेको खेतमा डुबेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई उपचारका लागि स्थानीय अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ । रासस