2026-09-19 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेनी–जोमसोम–कोरल्ला सडकखण्डमा भिषण पहिराे, हजारौ तिर्थयात्री अलपत्र

पर्वत ६ असोज । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अबरुद्ध बनेको छ ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अबरुद्ध बनेको हो । गत बुधवार दिउँसोदेखि लगातार परेको वर्षााका कारण सडक अबरुद्ध बनेपछि हजारौ तिर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागवेनीमा पितृश्राद्ध गर्नका लागि गएकाहरु बढि मात्रामा अलपत्र परेका हुन् ।

पहिरो गएपछि अधिकांस सवारीसाधन तथा यात्रुहरु मुस्ताङको घाँसामै अड्किएका छन् । यताबाट मुस्ताङतर्फ जाँदै गरेका सवारी साधन पहिरो भन्दा वारिनै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएको तिर्थयात्री गणेश गिरीले जानकारी दिए । पैदल हिड्न सक्नेहरु जोखिम मोल्दै पहिरो पार गर्न लागेको उनले बताए ।

वर्षा नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । वर्षा निरन्तर परिरहँदा जाडोले तिर्थयात्रीहरु कठ्याङ्ग्रीएको बताईएको छ । वर्षा रोकियो भने साँझसम्म सडक खुलाउन सकिने अधिकारीले जानकारी दिए ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङबाट दुईवटा डोजर र स्काभेटर पठाइएको छ । पछिल्लो समय हवाई यात्रावाट भन्दा सडकमार्गबाट मुस्ताङ जानेहरुको आकर्षण बढ्दै गएको छ । पटक पटक जहाज दुर्घटनामा पर्न थालेपछि तिर्थयात्री तथा पर्यटकहरु सडक मार्ग हुँदै जाने गरेका हुन् । विहीवार दिउँसो १ बजेदेखि पहिरो पन्छाउने प्रयास भएपनि वर्षाका कारण सम्भव नभएको प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो