2026-10-21 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनमा मल अभाव हुँदा किसान प्रभावित

असोज ६, चितवन। धानखेतीका लागि अहिले अत्यावश्यक देखिएको युरिया मलको अभाव भएको छ । 

विगत १० दिनदेखि सरकारी अनुदानमा आउने मलको अभाव भएपछि किसान चर्को मूल्य तिरेर निजीस्तरबाट आएको मल खरिद गर्न बाध्य भएका छन् । 

चितवनमा भदौमा एक हजार मेट्रिक टन मल खपत हुनेमा कृषि सामग्री कम्पनी लिमिटेडबाट जम्मा ३५० मेट्रिक टन वितरण भएको कम्पनीका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो । न्यून मात्रामा साल्ट ट्रेडिङले आपूर्ति गरे पनि पर्याप्त मल आउन नसकिरहेका बेला अहिले दुवै ठाउँमा मल अभाव भएको छ । 

गौतमका अनुसार प्रदेश नं २ नं को निर्वाचनका कारण वीरगञ्ज भन्सारमा मल थन्किएको छ । कर्मचारी सबै निर्वाचनमा खटिएकाले समस्या भएको हो । “दशैँ अगाडिलाई एक–दुई चरण मल वितरण गर्ने योजना बनाएका छौँ”, गौतमले भन्नुभयो । जिल्लाको पश्चिम क्षेत्रमा पछौंटे रोपाइँ भएको छ । सो क्षेत्रमा अहिले धानका लागि युरिया मल आवश्यक छ । तर अनुदानको मल नहुँदा किसान प्रभावित भएका छन् । मल बिक्री गर्दै आएको साल्ट ट्रेडिङमा समेत युरिया मल नपाएपछि किसानले चर्को मूल्य तिर्न बाध्य भएका छन् । निजी क्षेत्रको मल प्रतिबोरा रु ५०० देखि रु ६०० महँगो पर्न जाने गौतम बताउनुहुन्छ । 

चितवनको रत्ननगरस्थित कृषि सामग्री सप्लायर्सका सञ्चालक सबिन रेग्मी मल नहुँदा किसान त्यसै फर्कनु परेको बताउनुहुन्छ । वीरगञ्जको साल्ट ट्रेडिङमा मल थुप्रिएर बसे पनि नपठाउँदा समस्या भएको रेग्मीको भनाइ छ । जिल्लामा वार्षिक १५ हजार मेट्रिक टन मलको माग हुन्छ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहाल वीरगञ्ज कार्यालयमा मल आए पनि चुनावका कारण रोकिएकाले केही दिनमै मल आइपुग्ने बताउनुहुन्छ । उहाँले असोज लागेपछि चितवनको गोदाममा मल सकिएको बताउनुभयो । 

कृषि सामाग्री कम्पनीले १३ हजार मेट्रिक टन मलको माग गरे पनि जिल्लामा कूल नौ हजार मेट्रिक टनको मात्रै स्वीकृति भएको कम्पनीका प्रमुख गौतम बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा चार लाख मेट्रिक टन मलको आवश्यकता भए पनि कृषि सामग्रीमार्फत दुई लाख र साल्ट ट्रेडिङमार्फत ८५ हजार मेट्रिक टन मात्रै मलको आपूर्ति हुने गरेको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ