२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनमा मल अभाव हुँदा किसान प्रभावित

२०७४, ६ आश्विन शुक्रबार ०८:४८

असोज ६, चितवन। धानखेतीका लागि अहिले अत्यावश्यक देखिएको युरिया मलको अभाव भएको छ । 

विगत १० दिनदेखि सरकारी अनुदानमा आउने मलको अभाव भएपछि किसान चर्को मूल्य तिरेर निजीस्तरबाट आएको मल खरिद गर्न बाध्य भएका छन् । 

चितवनमा भदौमा एक हजार मेट्रिक टन मल खपत हुनेमा कृषि सामग्री कम्पनी लिमिटेडबाट जम्मा ३५० मेट्रिक टन वितरण भएको कम्पनीका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो । न्यून मात्रामा साल्ट ट्रेडिङले आपूर्ति गरे पनि पर्याप्त मल आउन नसकिरहेका बेला अहिले दुवै ठाउँमा मल अभाव भएको छ । 

गौतमका अनुसार प्रदेश नं २ नं को निर्वाचनका कारण वीरगञ्ज भन्सारमा मल थन्किएको छ । कर्मचारी सबै निर्वाचनमा खटिएकाले समस्या भएको हो । “दशैँ अगाडिलाई एक–दुई चरण मल वितरण गर्ने योजना बनाएका छौँ”, गौतमले भन्नुभयो । जिल्लाको पश्चिम क्षेत्रमा पछौंटे रोपाइँ भएको छ । सो क्षेत्रमा अहिले धानका लागि युरिया मल आवश्यक छ । तर अनुदानको मल नहुँदा किसान प्रभावित भएका छन् । मल बिक्री गर्दै आएको साल्ट ट्रेडिङमा समेत युरिया मल नपाएपछि किसानले चर्को मूल्य तिर्न बाध्य भएका छन् । निजी क्षेत्रको मल प्रतिबोरा रु ५०० देखि रु ६०० महँगो पर्न जाने गौतम बताउनुहुन्छ । 

चितवनको रत्ननगरस्थित कृषि सामग्री सप्लायर्सका सञ्चालक सबिन रेग्मी मल नहुँदा किसान त्यसै फर्कनु परेको बताउनुहुन्छ । वीरगञ्जको साल्ट ट्रेडिङमा मल थुप्रिएर बसे पनि नपठाउँदा समस्या भएको रेग्मीको भनाइ छ । जिल्लामा वार्षिक १५ हजार मेट्रिक टन मलको माग हुन्छ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहाल वीरगञ्ज कार्यालयमा मल आए पनि चुनावका कारण रोकिएकाले केही दिनमै मल आइपुग्ने बताउनुहुन्छ । उहाँले असोज लागेपछि चितवनको गोदाममा मल सकिएको बताउनुभयो । 

कृषि सामाग्री कम्पनीले १३ हजार मेट्रिक टन मलको माग गरे पनि जिल्लामा कूल नौ हजार मेट्रिक टनको मात्रै स्वीकृति भएको कम्पनीका प्रमुख गौतम बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा चार लाख मेट्रिक टन मलको आवश्यकता भए पनि कृषि सामग्रीमार्फत दुई लाख र साल्ट ट्रेडिङमार्फत ८५ हजार मेट्रिक टन मात्रै मलको आपूर्ति हुने गरेको छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा