१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।
१२ आश्विन २०८२, आईतवार ०७:४१

काठमाडौं । नेपालले शनिबार राति भएको वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकाल्न सफल भयो । वेस्ट इन्डिजविरुद्ध १४९ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले १९ रनको जित निकाल्दै आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) राष्ट्रविरुद्ध पहिलो जित निकालेरे इतिहास रचेको हो ।

नेपालको ऐतिहासिक जितका लागि कप्तान रोहित पौडेलको प्रदर्शन शानदार रह्यो । उनी प्लेयर अफ दि म्याच घोषित भए । त्यस्तै अर्का खेलाडी कुशल भुर्तेलको पर्दर्शन समेत प्रसंशनीय रह्यो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेदेखि यस खेलअघिसम्म नेपाली क्रिकेट टोलीले टी-२०आई अन्तर्राष्ट्रियमा १०३ खेल खेलेको थियो । १०४औं खेलमा नेपालले अन्तत: आईसीसीको फूल मेम्बरलाई हराउन सफल भयो ।

नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।

नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो । तर सनिबार भएको खेलमा वेस्ट इन्डिजलाई पराजित गरेर नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।

पछिल्लोपटक सन् २०२४ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल केवल १ रनले पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो ।

सनिबारको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । कप्तान रोहित पौडेलले उक्त टस हारे पनि राम्रो भएको उल्लेख गरेका थिए । किनभने उनी टस जितेपछि पहिले ब्याटिङ रोज्न चाहन्थे ।

यसकारण खेलमा अर्ली एडभान्टेज भने नेपालले पाइसकेको थियो । शारजाहमा पछिल्लो समय सबै खेल पहिले ब्याटिङ गर्ने टोलीले जितिरहेका थिए । त्यसकारण राम्रो स्कोर खडा गर्न सके नेपालले कसिलो बलिङमा खेल जित्ने सम्भावना त थियो नै ।

नेपालले ब्याटिङमा सुरुवात राम्रो गर्न नसकेपनि कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । नेपालले २० ओभरमा १४८ रन बनायो । उक्त योगफल मैदानको औसतभन्दा कम भएपनि डिफेन्ड गर्न पुग्दो थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजलाई नेपालले सुरुवातदेखि नै दबाबमा राख्यो । कुशल भुर्तेलले शानदार रनआउट गर्दै पावर हिटिङ ब्याटर काइल मेयर्सलाई पेभेलियनको बाटो देखाए । त्यसपछि पनि नेपालले नियमित अन्तरालमा विकेट लिइराखेको थियो ।

दीपेन्द्रको उत्कृष्ट फिल्डिङमा अर्को एक रनआउटमार्फत किएसी कार्टी आउट भएका थिए भने सन्दीप जोराले पनि बाउन्ड्री नजिकै राम्रो क्याच लिए । यसबाहेक सिङ्गल डबल रोक्न पनि खेलाडीहरूको फिल्डिङ जोशिलो थियो ।

अनुभवी अलराउण्डर जेसन होल्डर सस्तैमा आउट हुँदा वेस्ट इन्डिज ७६-६ को खराब अवस्थामा पुगिसकेको थियो । त्यसपछि फाबियन एलेन र कप्तान अकिल होसेन मिलेर केही ठुला शटहरू खेलेपछि खेल फेरि रोमाञ्चक अवस्थामा पुगेको थियो ।

अन्तिम २ ओभरमा ३० रन आवश्यक रहँदा करण केसी बलिङमा आए । उनको ओभरमा कप्तान होसेन आउट भएपछि नेपालले खेलमा फेरि मोमेन्टम प्राप्त गर्‍यो । उक्त ओभरमा करणले २ रन मात्र दिए ।

अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा बलिङमा दीपेन्द्रसिंह ऐरी आए । तर रन धेरै बाँकी रहेको हुँदा दुई लिगल बलले मात्र पनि नेपालको जित सुनिश्चित भइसक्ने थियो । फाबियन एलेनले २ चौका मात्र प्रहार गरे । नेपाल १९ रनले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार