2026-07-24 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

व्यापार गर्न सहयोग माग्नेहरुप्रति गुनासो

athaniya bikash adhikariप्रभात सुवेदी/चैत १०, बर्दिया । सरकारी निकायहरुसँग स्थानीय विकास निर्माणका कार्यक्रमहरुका लागि बजेट माग गर्न जिल्ला विकास समितिमा आउने समाजसेवीहरुको मनस्थिति व्यापारिक भएकोमा स्थानीय विकास अधिकारी तेजराज शर्माले गुनासो गर्नुभएको छ ।

जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाको वडा नं. ७ तुलापुर, लक्ष्मीनारायणटोलमा आमाहरुको सक्रियतामा निर्मित वृद्धाश्रमको मंगलबार विधिवत उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारीले यो कुरा बताउनुभएको हो ।

वि.सं. २०६५ सालमा बर्दिया महिला समूहको अग्रसरतामा कार्यारम्भ गरी पटक पटक धान्यान्चल महायज्ञको आयोजना गरी तथा विभिन्न दाताहरुबाट संकलित साडे ६ लाख बढीको लगानीमा तयार गरिएको दुइ कोठे भवनलाई आज एक कार्यक्रमको अयोजना गरी सोही परिसरमा अवस्थित लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिलाई उद्घाटनपश्चात हस्तान्तरण गरिएको हो ।

भवनको उद्घाटन गर्नुहुँदै स्थानीय विकास अधिकारी तेजराज पौडेलले मानव जीवन फूलको कोपिला हो जुन एकदिन फक्रेर झरी जाने भएकोले जीवनमा सत्य कर्म गर्नुपर्नेमा जोड दिनुभयो । जीवनपश्चात यस्तै पुण्य कामहरु मात्रै साथमा जाने कुरा बताउनुहुँदै यस प्रकारका कार्यहरु गर्नका लागि समाजलाई प्रोत्साहित गर्ने हो भने समाजमा खराब चिन्तनलाई न्यूनीकरण गर्न सहयोग पुग्ने कुरा बताउनुभयो ।

कार्यक्रममा वृद्धाश्रम निर्माणका लागि सहयोग गर्नुहुने नर्बदा गौतम, नारायणप्रसाद श्रेष्ठ, स्व. बुद्धिनाथ ज्ञवाली (मरणेपरान्त), राधिका सापकोटा, सुनिता खड्का, दिनानाथ बख्रेल, कमलाकान्त रामानुजदासलगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम बर्दिया महिला समाजका अध्यक्ष नर्वदा गौतमको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक