१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

व्यापार गर्न सहयोग माग्नेहरुप्रति गुनासो

१० चैत्र २०७२, बुधबार ०१:५३

athaniya bikash adhikariप्रभात सुवेदी/चैत १०, बर्दिया । सरकारी निकायहरुसँग स्थानीय विकास निर्माणका कार्यक्रमहरुका लागि बजेट माग गर्न जिल्ला विकास समितिमा आउने समाजसेवीहरुको मनस्थिति व्यापारिक भएकोमा स्थानीय विकास अधिकारी तेजराज शर्माले गुनासो गर्नुभएको छ ।

जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाको वडा नं. ७ तुलापुर, लक्ष्मीनारायणटोलमा आमाहरुको सक्रियतामा निर्मित वृद्धाश्रमको मंगलबार विधिवत उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारीले यो कुरा बताउनुभएको हो ।

वि.सं. २०६५ सालमा बर्दिया महिला समूहको अग्रसरतामा कार्यारम्भ गरी पटक पटक धान्यान्चल महायज्ञको आयोजना गरी तथा विभिन्न दाताहरुबाट संकलित साडे ६ लाख बढीको लगानीमा तयार गरिएको दुइ कोठे भवनलाई आज एक कार्यक्रमको अयोजना गरी सोही परिसरमा अवस्थित लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिलाई उद्घाटनपश्चात हस्तान्तरण गरिएको हो ।

भवनको उद्घाटन गर्नुहुँदै स्थानीय विकास अधिकारी तेजराज पौडेलले मानव जीवन फूलको कोपिला हो जुन एकदिन फक्रेर झरी जाने भएकोले जीवनमा सत्य कर्म गर्नुपर्नेमा जोड दिनुभयो । जीवनपश्चात यस्तै पुण्य कामहरु मात्रै साथमा जाने कुरा बताउनुहुँदै यस प्रकारका कार्यहरु गर्नका लागि समाजलाई प्रोत्साहित गर्ने हो भने समाजमा खराब चिन्तनलाई न्यूनीकरण गर्न सहयोग पुग्ने कुरा बताउनुभयो ।

कार्यक्रममा वृद्धाश्रम निर्माणका लागि सहयोग गर्नुहुने नर्बदा गौतम, नारायणप्रसाद श्रेष्ठ, स्व. बुद्धिनाथ ज्ञवाली (मरणेपरान्त), राधिका सापकोटा, सुनिता खड्का, दिनानाथ बख्रेल, कमलाकान्त रामानुजदासलगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम बर्दिया महिला समाजका अध्यक्ष नर्वदा गौतमको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो