2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा पहिरोमा परी एकको मृत्यु

असोज ६, बाजुरा । बाजुराको हिमाली गाउँपालिका–६ मा रहेको रागेगौडामा गएराति १: ३० बजे आएको पहिरोमा परी एक जना भेडा व्यवसायीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हुम्ला जिल्ला श्रीनगर घर भएका ३५ वर्षीया तेजबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक जगदिश भट्टले बताउनुभयो । उहाँले चामल लिन बाँधु आएका बेला पहिरामा परी मृत्यु भएको भट्टको भनाइ रहेको छ । 

पहिरोमा परी मृतक बुढाका ६० भेडामध्ये १५ भेडा मरेका र चार भेडा घाइते भएको भट्टले जानकारी दिनुभएको छ । पहिरोमा परी एकको मृत्यु भएको खबरलगत्तै प्रहरी नायब निरीक्षक पदमराज पाण्डेको नेतृत्वको टोली घटनास्थलमा गई उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । 

बिहीबारदेखि आएको अविरल वर्षाका कारण पहिरो आएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ । जिल्लामा लगातार वर्षाका कारण आवतजावत गर्न निकै कठिन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई