2026-07-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको आज अवलोकन गर्नुभएको छ ।

मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसँग विहान काभ्रेकको नमोबद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले कटान गरी क्षति पु¥याएको राजमार्गको विभिन्न खण्डको अवलोकन गर्नुभएको हो ।

उहाँले अस्थायी सडक सञ्चालनका लागि छिटोभन्दा छिटो राजमार्ग सूचारु गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माणकार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “थप उपकरण र जनशक्ति प्रयोग गरेर राती काम गरेर भएपनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिनुहोला ।” मन्त्री घिसिङलेसडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी मानवसहित मेशिनरी प्रयोग गरेर प्राथमिकता आधारमा मर्मत कार्य अघि बढाउन निर्देशन दिनुभएको हो । उहाँले गतसाल असोजमा रोशी खोलाले बगाएको बिपी राजमार्गहुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको स्थानमा तत्काल बेलिबृज निर्माणसमेत गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री घिसिङको राजमार्ग अवलोकनका क्रममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराउँदै विभागका कर्मचारीले आफहरुसँग समन्वय गर्नुपर्ने माग राखेका थिए । बाढीले कटान गर्दा उक्त राजमार्गको करिव चार किलोमिटर डाइभर्सन पुर्णरुपमा क्षति पुगेको छ । राजमार्गको रोशी क्षेत्रमा गत सालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

आठ स्थानबाट डाइभर्सन बनाईंदै

बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा आठ स्थानबाट खोला फर्काएर डाइभर्सन बनाउन सुरु गरिएको छ । उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पाँच स्थान तथा सिन्धुलीको तीन खण्डबाट डाइभर्सन निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँशी, पिन्थली र भ्याकुरेखोलामा डाईभर्सन बनाउने काम भइरहेको छ । डाइभर्सन बनाउने काम काभ्रेपलाञ्चोक खण्डमा १२ स्काभेटर, ४ वडा ह्वील लोडर र ८ टिपर प्रयोग भइरहेको छ ।

यस्तै, सिन्धुलीको नेपालथोक लगायतका तीन स्थानबाटबाट पनि डाइभर्सन बनाउन थालिएको हो । सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेका अनुसार तीन डाइभर्सनमध्ये दुई स्थानमा आज साँझसम्मका निर्माण भैसक्नेछ भने अन्य एक स्थानमा नयाँ कटान गरेको कारण शुक्रबारसम्ममा डाइभर्सन बनिसक्नेछ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार हाल राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको हो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक