2026-09-25 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेतान्याहूद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा, स्वीकृतिका लागि मन्त्रिपरिषद् बोलाउने

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक मुक्तिको लागि हमाससँग भएको सम्झौताको प्रशंसा गर्दै सम्झौताको अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रीमण्डल बोलाउने निर्णय गरको जनाउनु भएको छ ।

नेतान्याहूले विज्ञप्ति मार्फत सम्झौता भएको दिन इजरायलका लागि एउटा महान दिन भएको भन्दै सम्झौतामा “सबै“ बन्धकहरूको रिहाइ समावेश भएको बताउनु भएको छ । गाजामा बाँकी रहेका ४८ जना बन्धक मध्ये करिब २० जना अझै जीवित रहेको इजरायलले जनाएको छ ।

योजनाको पहिलो चरणको स्वीकृतिसँगै सबै बन्धकहरूलाई घर फर्काइने आश्वासन दिदै यो कार्य कूटनीतिक सफलता र इजरायलका लागि राष्ट्रिय तथा नैतिक विजय भएको उहाँले बताउनु भएको छ ।

सम्झौतामा मतदान गर्न मन्त्रिपरिषद् बोलाउने अपेक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेतान्याहुको दक्षिणपन्थी गठबन्धनका प्रमुख सदस्यहरू, बसोबास समर्थक मन्त्रीहरू इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले बारम्बार हमाससँगको सम्झौताको विरोध गर्दै सार्वजनिक रूपमा गाजामा यहूदी बस्तीहरूको पुनर्निर्माणका लागि आह्वान गरेका छन् ।

नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमा कुराकानी गरेको जनाउदै नेतन्याहुको कार्यालयले फोन वार्तामा अत्यावश्यक र भावनात्मक कुराकानी भएको उल्लेख गरेको छ । जसमा उनीहरूले सबै बन्धकहरूको रिहाइ सुरक्षित गर्न सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक उपलब्धिका क्रममा एक अर्कालाई बधाईसमेत दिएका छन् ।

इजरायल र हमासले गाजा युद्धको अन्त्य गर्ने र बन्धक र केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने आफ्नो २० सूत्री योजनाको “पहिलो चरण“ मा सहमत भएको सामाजिक सञ्जाल मार्फंत ट्रम्पले घोषणा गर्नु भएको छ ।

ट्रम्पले योजना बमोजिम सबै बन्धकहरू चाँडै नै रिहा हुने तथा इजरायलले बलियो, दिगो र चिरस्थायी शान्तिको मार्गमा सहमतीसहित आफ्नो सेना फिर्ता गर्ने र सबै पक्षलाई उचित व्यवहार गरिने जनाउनु भएको छ ।

इजरायल र हमासका प्रतिनिधिमण्डलले कतार, इजिप्ट र अमेरिकी मध्यस्थकर्ताको मध्यस्थतामा इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा सोमबार देखि निरन्तर वार्ता गरिरहेका छन् ।

सन् २०२३ अक्टोबर– ७ मा युद्ध सुरु भएदेखि, इजरायली आक्रमणले गाजा पट्टीलाई ध्वस्त पारेको छ भने गाजामा व्यापक अनिकाल र विस्थापन निम्त्याएको छ भने कम्तिमा छ लाख सात हजार १८३ व्यक्तिको मृत्यु हुनुका साथै १६ लाख नौ अजार ८४१ अन्य घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह