प्रभात सुवेदी/ चैत २५, बर्दिया । आजको समाजमा व्याप्त विभिन्न विकृतिहरुका विरुद्धमा युवाहरुको नेतृत्व आवश्यक रहेको कुरा आज युवाहरुका लागि आयोजित ३ दिने नेतृत्व विकास, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमको समुद्घाटनमा औंल्याइएको छ ।
यू.एस.ए. आई.डी.को आर्थिक तथा सेफर वल्र्डसँगको साझेदारीमा साझ बुझाईका लागि सामुदायिक पहल परियोजना अन्तर्गत सिविन नेपालको आयोजनामा बिहिवारदेखि नेतृत्वविकास, यौन तथाप्रजनन् स्वास्थ्य सम्बन्धिे तालिमको उद्घाटन गर्नुहुँदै मोहम्मदपुर गाविसका सचिव थिरनाथ कँडेलले सो कुरा बताउनुभएको हो ।
मोहम्मदपुर, धधवार तथा कालिका गा.वि.स.का युवाहरुलाई तालिमको पहिलो दिन दलित महिला उत्थान संघ बर्दियाका अध्ययक्ष विमला वि.क. र शक्ति समूहका क्षेत्रीय संयोजक निर्मला थापाले गर्नु भएको थियो ।
युवाहरुलाई आफ्नो व्यक्तित्व विकास गरी असल नेतृत्व कसरी गर्न सकिन्छ तथा युवाहरुमा यौन तथा प्रजनन् स्वास्थ्यको जानकारी गराउँदै स्थानिय स्तरमै छलफलका साथै सचेतना कार्यक्रममा वृद्धि गर्नु तालिमको उद्देश्य रहेको सिविन नेपालका परियोजना अधिकृत प्रमेश वादेले बताउनुभयो ।
कार्यक्रममा विभिन्न समुदायका ३४ जनायुवाहरुको सहभागीता रहेको छ ।