२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै

२४ आश्विन २०८२, शुक्रबार १४:३२

विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कारमध्ये एक मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज (शुक्रबार) नर्वेजियन नोबेल समितिले गर्दैछ ।

विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्द्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाहरूको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ ।

यस वर्ष पनि सम्भावित विजेताको अनुमान र अड्कलबाजी तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार मिल्ने सम्भावना केहीले औँल्याए पनि लामो समयदेखि नोबेल अवार्डका पर्यवेक्षकहरूले उहाँको सम्भावना न्यून रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार विदेशी नीतिमा उहाँले देखाउनुभएको उल्लेखनीय हस्तक्षेप र त्यसको श्रेय लिन गरेको प्रयासका बाबजुद पनि पुरस्कार प्राप्त गर्ने सम्भावना कम छ ।

शान्ति अनुसन्धान संस्थान ओस्लोद्वारा सम्भावित विजेताको रूपमा उद्धृत नामहरूमा सुडानको इमर्जेन्सी रेसपोन्स रुम (देशको गृहयुद्धमा मानवतावादी सहयोगको मेरुदण्ड बनेको समुदाय) आधारित नेटवर्क, अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का साथै कमिटी टु प्रोटेक्ट जर्नालिस्ट रहेका छन् ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट अमेरिकास्थित गैर–नाफामुखी सङ्गठन हो, जसले प्रेस स्वतन्त्रताको संरक्षण र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका पत्रकारहरूको अभिलेख तयार गर्ने कार्य गर्दै आएको छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कार जापानको ‘निहोन हिडान्क्यो’ संस्थालाई प्रदान गरिएको थियो । यो संस्था हिरोशिमा र नागासाकीमा भएको आणविक विस्फोटबाट बचेका व्यक्तिहरूद्वारा स्थापन गरिएको आन्दोलन हो, जसले दशकौँ देखि आणविक हतियारको प्रयोगविरुद्ध अन्तर्राष्ट्रिय निषेध कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

नोबेल पुरस्कारहरू मध्ये शान्ति पुरस्कार मात्रै नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ भने बाँकी चार पुरस्कार— चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य— यसै हप्ता स्विडेनको राजधानी स्टकहोममा घोषणा भइसकेका छन् ।

सोमबार चिकित्सा, मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यका विजेताहरू घोषणा गरिएका हुन् । अब बाँकी अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा आगामी सोमबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान