2026-09-26 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानी प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण, सात अधिकारीको मृत्यु, १३ घाइते

पाकिस्तानको उत्तरपश्चिमी सहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा शुक्रबार राति भएको आतङ्कवादी आक्रमणमा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको र १३ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले शनिबार जनाएका छन् । आक्रमणमा संलग्न छ जना आतङ्कवादी पनि मारिएका छन् ।

यो घटनालाई पछिल्ला वर्षहरूमा सो क्षेत्रमा बढ्दै गएको आतङ्कवादी हिंसाको अर्को उदाहरणका रूपमा हेरिएको छ । सशस्त्र समूहहरूको सक्रियता बढ्दै गएपछि पाकिस्तान अहिले बिग्रँदो सुरक्षा अवस्थासँग सङ्घर्ष गरिरहेको छ ।

डेरा इस्माइल खान सहरको बाहिरी क्षेत्र रट्टा कुलाचीस्थित प्रहरी प्रशिक्षण केन्द्रमा एक आत्मघाती बमवर्षकले विस्फोटक पदार्थले भरिएको ट्रक गेटमा ठोक्काउँदा ठूलो विस्फोट भएको थियो । त्यसपछि अन्य आक्रमणकारीहरूले भारी हतियारसहित परिसरभित्र प्रवेश गर्ने प्रयास गरेको प्रहरीका वरिष्ठ अधिकारी सज्जाद अहमदले बताउनुभयो ।

“प्रारम्भिक विस्फोटपछि आक्रमणकारीहरूले प्रशिक्षण केन्द्रमा आक्रमण गर्न सफल भए, त्यतिबेला करिब दुई सय भर्ती र तिनका प्रशिक्षकहरू भित्रै थिए”, अहमदले भन्नुभयो । उहाँका अनुसार प्रहरी र आतङ्कवादीहरूबीच करिब छ घण्टासम्म तीव्र गोली हानाहान भएको थियो । उक्त भिडन्तमा सात प्रहरी कर्मचारीको मृत्यु भएको र १३ जना घाइते भएको पुष्टि गरिएको छ ।

प्रहरीको विज्ञप्तिअनुसार आक्रमण अत्यन्त योजनाबद्ध र समन्वित रूपमा गरिएको थियो । ड्युटीमा रहेका अधिकारीहरूले तत्काल प्रतिकारात्मक कारबाही गर्दै आक्रमणकारीहरूलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए । विज्ञप्तिमा भनिएको छ, “विस्फोटक पदार्थले भरिएको ट्रक प्रशिक्षण विद्यालयको मुख्य गेटमा ठोक्किँदा ठूलो विस्फोट भयो, जसले पर्खालको केही भाग भत्कायो र एक प्रहरी अधिकारीले घटनास्थलमै ज्यान गुमाए ।”

विस्फोटपछि वर्दीधारी आतङ्कवादीहरूले परिसरमा प्रवेश गरी स्वचालित हतियारले अन्धाधुन्ध गोली चलाएका र ग्रेनेडसमेत फ्याँकेका थिए । पछि प्रहरी र अर्धसैनिक बलहरूले संयुक्त रूपमा आक्रमणकारीहरूलाई नियन्त्रणमा लिँदै परिसर खाली गरेका थिए । भिडन्तमा छ जना आतङ्कवादी मारिएका र उनीहरूबाट आत्मघाती भेस्ट, विस्फोटक पदार्थ, हतियार तथा गोला–बारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले मारिएका प्रहरी अधिकारीहरूको अदम्य साहस र बलिदानको प्रशंसा गर्दै ‘उनीहरूको वीरता देशको सुरक्षा र स्थायित्वका लागि अमूल्य योगदान हो’ भन्नुभयो ।

प्रतिबन्धित आतङ्कवादी सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले सुरुमा आक्रमणको जिम्मेवारी लिएको थियो, तर केही समयपछि दोस्रो विज्ञप्ति जारी गर्दै संलग्नता अस्वीकार गरेको थियो । यो समूह अफगानिस्तानमा सन् २०२१ मा सत्ता कब्जा गर्ने तालिबानसँग वैचारिक रूपमा सम्बन्धित भए पनि पृथक रूपमा सञ्चालनमा रहेको बताइन्छ ।

पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता अहमद सरिफ चौधरीले पत्रकार सम्मेलनमा भन्नुभयो, “विशेषगरी अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा सन् २०२१ देखि आतङ्कवादी गतिविधि उल्लेख्य रूपमा बढेको छ ।” उहाँले हालको बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्न पाकिस्तानले पछिल्ला वर्षहरूमा हजारौँ आतङ्कवाद विरोधी अपरेसन सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष सेप्टेम्बर १५ सम्म देशभर १० हजारभन्दा बढी अपरेसनहरू सञ्चालन गरिएका छन् । तीमध्ये ९७० जना आतङ्कवादी मारिएका छन् भने ३११ जना सैनिक र ७३ जना प्रहरी अधिकारीहरूको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह