पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा किनमेलको लागि भीड लाग्न थालेको छ । सर्वसाधरणको आवतजावत र किनमेलको लागि यतिबेला बुश्मा बजारका प्रायजसो सवै पसलमा भीडबाड जस्तै देखिन्छ ।

हिन्दुहरुको महान पर्व विजयदशी शूरु भैसकेको छ । त्यसैले पनि दशैको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा किनमेलको लागि भीड लाग्न थालेको छ । सर्वसाधरणको आवतजावत र किनमेलको लागि यतिबेला बुश्मा बजारका प्रायजसो सवै पसलमा भीडबाड जस्तै देखिन्छ ।

हिन्दुहरुको महान पर्व विजयदशी शूरु भैसकेको छ । त्यसैले पनि दशैको"/>

2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ट्राफिक प्रहरीको ध्यान कता –कुश्मा बजारमा दोहोरो पार्किङ, दुर्घटनाको जोखिम बढ्यो

पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा किनमेलको लागि भीड लाग्न थालेको छ । सर्वसाधरणको आवतजावत र किनमेलको लागि यतिबेला बुश्मा बजारका प्रायजसो सवै पसलमा भीडबाड जस्तै देखिन्छ ।

हिन्दुहरुको महान पर्व विजयदशी शूरु भैसकेको छ । त्यसैले पनि दशैको लागि आवश्यक पर्ने खाद्यन्न तथा सपिङको लागि यतिबेला सदरमुकाम झर्नेहरुको घुइचो लागेको छ । साँघुरा र गल्ली आकारमा रहेका कुश्मा बजारमा सडकको दुवै छेउमा सवारी पार्किङ गरेर राख्दा सर्वसाधरणलाई बाटो काट्नको लागि समस्या पैदा भएको छ । जिल्ला ट्राफिक प्रहरीको ध्यान कुश्मा बजारका भित्रि सडकहरुमा नजाँदा यतिबेला भित्रि सडकका दुवै छेउमा पार्किङ छ । जसले गर्दा दुर्घटनाको जोमिख पनि उत्तिकै बढेको  छ ।

 चहलपहल बढ्ने समयमा ट्राफिक प्रहरीको निगरानी कम भएका कारण पनि सवारी चालकहरुले मनपरी रुपमा सडकमा पार्किङ गरेर अव्यवस्थीत रुपमा सवारी साधन राख्ने गरेका छन् । बजारमा राखिएका सिसी क्यामेरा पनि विग्रिएका कारण कुन ठाउँमा अव्यवस्थीत रुपमा सवारी पार्किङ भएको छ त्यसको प्रहरीले कुनै पत्तो पाउन सकेको छैन ।

शिकारु सवारी चालकको विगविगी 

कुश्मा बजारमा शिकारु सवारी चालकको विगविगी बढेको छ । जसले गर्दा पनि सवारी दुर्घटनाको जोखिम बढेको छ ।  सवारी साधन प्रयोगका लागि आवश्यक पर्ने सवारी अनुमति पत्र विनानै सवारी चलाउनेहरुको संख्या बढेको छ । भित्री गल्लीमा शिकारु चलाकहरुले सडकलाई सिक्ने बाटोका रुपमा समेत प्रयोग गरेको पाइन्छ तर प्रहरीले यसमा निगरानी बढाउन सकेको छैन ।

विशेष गरी युवायुवती, गृहणीले भित्रि बाटोहरुलाई ट्राफिकको आँखा छल्ने र सिक्ने बाटोका रुपमा प्रयोग गरेका छन् । ठाउँठाउँमा भएका स्पीड ब्रेकरहरु पनि भत्काईएका कारण तिब्र गतीमा कुद्ने मोटरसाइकले कुन बेलामा दुर्घटना निम्त्याउने हुन त्यसको ठेगना समेत छैन । भएका स्पीड ब्रेकर समेत भत्तकाइएपछि सवारी अनुमति पत्र नभएकाहरुलाई थप सहयोग मिलेको छ । 

गतिको नीति छैन 

साँघुरा गल्ली जस्तै भित्रि सडकमा कति स्पीडमा सवारी साधन चलाउने भन्ने कुनै नीतिनै छैन जसका कारण पनि दुर्घटनाको जोखिम बढ्दो छ । भीडभाड हुने यो समयमा ठूलो हेभी सवारी साधन समेत भित्र प्रवेश गर्ने भएकाले थप समस्या पैदा गरेका छन् । मालबहाक ट्रकहरु समेत भित्रि सडकहरुमा आवातजावत गर्ने गर्छन जसले थप समस्या पैदा गरेको छ । 

सडक छेउछाउमा सामाग्री

भित्रि सडकका छेउछाउमा अव्यवस्थीत रुपमा निर्माणका सामाग्रीहरु राखिएको छ । जसले दुर्घटनाको जोखिलाई बढवा दिने काम गरेको छ । साँघुरा सडक त्यसमा छेउछेउमा निर्माणका सामाग्री अव्यवस्थीत रुपमा राखिएका छन् । उद्योग व्यवसायी, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिकाको कार्यालयले अव्यवस्थीत रुपमा सडकको छेउमा राखिएका निर्माणधिन सामाग्रीहरु हटाउनको लागि कुनै पहल गर्न भने सकेका छैन ।

चाडपर्वलाइ लक्षित यात्रुसहायत कक्ष

महान चाड दशै, तिहार र छठलाई मध्येनजर गर्दै पर्वतमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको बेलमा सार्वजनिक यातायातको भाडामा हुन सक्ने अनियमितता, चोरी, डकैटी, अलपत्रमा परेका यात्रु र सामानको सुरक्षाका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र सामुदायिक सेबा केन्द्रले शिवालय चोक नजिकको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

छतमा सामाग्री राख्न रोक 

जिप, बसको छतमा खाद्यान्न, सामान राख्ने, छतमा यात्रु चढाउने, ओभरलोड मालसमान बोक्न प्रहरीले रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेका अनुसार यो सेवा प्रहरीले चौविसै घण्टा संचालन गर्नेछ ।

साथै चाडपर्वमा जुवातास नियन्त्रण, अवैध मदिरा बिक्री वितरणमा कडाई गर्ने बताए । कृत्रिम अभाव र मूल्यवृद्धिमा नियमित चेकजाँच, टिकट काउण्टरदेखि बस जिप चढ्ने र झार्ने स्थानमा समेत निगरानी बढाउने योजना रहेको प्रहरीले जनाएको छ । नागरिकहरुलाई सहायता प्रदान गर्नको लागि सादा पोशाकका प्रहरी परिचालन गरी निगरानी बढाउने प्रहरी कार्यालय पर्वतले जनाएको छ । भीडभाड र चहलपहल हुने ठाउँमा प्रहरीको निगरानी बढ्ने प्रहरी कार्यालयले जनाएको  छ ।

सहायता कक्षमा कोको ?

उक्त सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सामुदायिक सेबा केन्द्रका एक÷एक जना कर्मचारी बस्ने व्यवस्था मिलाईएको छ । साथै उक्त कक्षमा बस्नेहरुको लागि दैनिक पाँच सयका दरले भत्ता दिने व्यवस्था मिलाइएको छ ।

व्यवसायीको स्वागत

दशै तिहारको लागि स्थापना गरिएको नागरिक सहायता कक्षको सवारी संचालक समितिले स्वागत गरेका छन् ।

पर्बको समयका यात्रुलाई ठग्ने, बढी भाडा अशुल गर्ने खोज्ने जो कोहिलाई पनि कारवाहिको दायारमा ल्याउनु पर्ने व्यवसायीहरुले बताएको छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो