पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा किनमेलको लागि भीड लाग्न थालेको छ । सर्वसाधरणको आवतजावत र किनमेलको लागि यतिबेला बुश्मा बजारका प्रायजसो सवै पसलमा भीडबाड जस्तै देखिन्छ ।

हिन्दुहरुको महान पर्व विजयदशी शूरु भैसकेको छ । त्यसैले पनि दशैको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा किनमेलको लागि भीड लाग्न थालेको छ । सर्वसाधरणको आवतजावत र किनमेलको लागि यतिबेला बुश्मा बजारका प्रायजसो सवै पसलमा भीडबाड जस्तै देखिन्छ ।

हिन्दुहरुको महान पर्व विजयदशी शूरु भैसकेको छ । त्यसैले पनि दशैको"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ट्राफिक प्रहरीको ध्यान कता –कुश्मा बजारमा दोहोरो पार्किङ, दुर्घटनाको जोखिम बढ्यो

७ आश्विन २०७४, शनिबार ०३:५३

पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा किनमेलको लागि भीड लाग्न थालेको छ । सर्वसाधरणको आवतजावत र किनमेलको लागि यतिबेला बुश्मा बजारका प्रायजसो सवै पसलमा भीडबाड जस्तै देखिन्छ ।

हिन्दुहरुको महान पर्व विजयदशी शूरु भैसकेको छ । त्यसैले पनि दशैको लागि आवश्यक पर्ने खाद्यन्न तथा सपिङको लागि यतिबेला सदरमुकाम झर्नेहरुको घुइचो लागेको छ । साँघुरा र गल्ली आकारमा रहेका कुश्मा बजारमा सडकको दुवै छेउमा सवारी पार्किङ गरेर राख्दा सर्वसाधरणलाई बाटो काट्नको लागि समस्या पैदा भएको छ । जिल्ला ट्राफिक प्रहरीको ध्यान कुश्मा बजारका भित्रि सडकहरुमा नजाँदा यतिबेला भित्रि सडकका दुवै छेउमा पार्किङ छ । जसले गर्दा दुर्घटनाको जोमिख पनि उत्तिकै बढेको  छ ।

 चहलपहल बढ्ने समयमा ट्राफिक प्रहरीको निगरानी कम भएका कारण पनि सवारी चालकहरुले मनपरी रुपमा सडकमा पार्किङ गरेर अव्यवस्थीत रुपमा सवारी साधन राख्ने गरेका छन् । बजारमा राखिएका सिसी क्यामेरा पनि विग्रिएका कारण कुन ठाउँमा अव्यवस्थीत रुपमा सवारी पार्किङ भएको छ त्यसको प्रहरीले कुनै पत्तो पाउन सकेको छैन ।

शिकारु सवारी चालकको विगविगी 

कुश्मा बजारमा शिकारु सवारी चालकको विगविगी बढेको छ । जसले गर्दा पनि सवारी दुर्घटनाको जोखिम बढेको छ ।  सवारी साधन प्रयोगका लागि आवश्यक पर्ने सवारी अनुमति पत्र विनानै सवारी चलाउनेहरुको संख्या बढेको छ । भित्री गल्लीमा शिकारु चलाकहरुले सडकलाई सिक्ने बाटोका रुपमा समेत प्रयोग गरेको पाइन्छ तर प्रहरीले यसमा निगरानी बढाउन सकेको छैन ।

विशेष गरी युवायुवती, गृहणीले भित्रि बाटोहरुलाई ट्राफिकको आँखा छल्ने र सिक्ने बाटोका रुपमा प्रयोग गरेका छन् । ठाउँठाउँमा भएका स्पीड ब्रेकरहरु पनि भत्काईएका कारण तिब्र गतीमा कुद्ने मोटरसाइकले कुन बेलामा दुर्घटना निम्त्याउने हुन त्यसको ठेगना समेत छैन । भएका स्पीड ब्रेकर समेत भत्तकाइएपछि सवारी अनुमति पत्र नभएकाहरुलाई थप सहयोग मिलेको छ । 


गतिको नीति छैन 

साँघुरा गल्ली जस्तै भित्रि सडकमा कति स्पीडमा सवारी साधन चलाउने भन्ने कुनै नीतिनै छैन जसका कारण पनि दुर्घटनाको जोखिम बढ्दो छ । भीडभाड हुने यो समयमा ठूलो हेभी सवारी साधन समेत भित्र प्रवेश गर्ने भएकाले थप समस्या पैदा गरेका छन् । मालबहाक ट्रकहरु समेत भित्रि सडकहरुमा आवातजावत गर्ने गर्छन जसले थप समस्या पैदा गरेको छ । 


सडक छेउछाउमा सामाग्री

भित्रि सडकका छेउछाउमा अव्यवस्थीत रुपमा निर्माणका सामाग्रीहरु राखिएको छ । जसले दुर्घटनाको जोखिलाई बढवा दिने काम गरेको छ । साँघुरा सडक त्यसमा छेउछेउमा निर्माणका सामाग्री अव्यवस्थीत रुपमा राखिएका छन् । उद्योग व्यवसायी, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिकाको कार्यालयले अव्यवस्थीत रुपमा सडकको छेउमा राखिएका निर्माणधिन सामाग्रीहरु हटाउनको लागि कुनै पहल गर्न भने सकेका छैन ।


चाडपर्वलाइ लक्षित यात्रुसहायत कक्ष

महान चाड दशै, तिहार र छठलाई मध्येनजर गर्दै पर्वतमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको बेलमा सार्वजनिक यातायातको भाडामा हुन सक्ने अनियमितता, चोरी, डकैटी, अलपत्रमा परेका यात्रु र सामानको सुरक्षाका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र सामुदायिक सेबा केन्द्रले शिवालय चोक नजिकको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

छतमा सामाग्री राख्न रोक 

जिप, बसको छतमा खाद्यान्न, सामान राख्ने, छतमा यात्रु चढाउने, ओभरलोड मालसमान बोक्न प्रहरीले रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेका अनुसार यो सेवा प्रहरीले चौविसै घण्टा संचालन गर्नेछ ।

साथै चाडपर्वमा जुवातास नियन्त्रण, अवैध मदिरा बिक्री वितरणमा कडाई गर्ने बताए । कृत्रिम अभाव र मूल्यवृद्धिमा नियमित चेकजाँच, टिकट काउण्टरदेखि बस जिप चढ्ने र झार्ने स्थानमा समेत निगरानी बढाउने योजना रहेको प्रहरीले जनाएको छ । नागरिकहरुलाई सहायता प्रदान गर्नको लागि सादा पोशाकका प्रहरी परिचालन गरी निगरानी बढाउने प्रहरी कार्यालय पर्वतले जनाएको छ । भीडभाड र चहलपहल हुने ठाउँमा प्रहरीको निगरानी बढ्ने प्रहरी कार्यालयले जनाएको  छ ।

सहायता कक्षमा कोको ?

उक्त सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सामुदायिक सेबा केन्द्रका एक÷एक जना कर्मचारी बस्ने व्यवस्था मिलाईएको छ । साथै उक्त कक्षमा बस्नेहरुको लागि दैनिक पाँच सयका दरले भत्ता दिने व्यवस्था मिलाइएको छ ।

व्यवसायीको स्वागत

दशै तिहारको लागि स्थापना गरिएको नागरिक सहायता कक्षको सवारी संचालक समितिले स्वागत गरेका छन् ।

पर्बको समयका यात्रुलाई ठग्ने, बढी भाडा अशुल गर्ने खोज्ने जो कोहिलाई पनि कारवाहिको दायारमा ल्याउनु पर्ने व्यवसायीहरुले बताएको छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता