परिवर्तीत सन्दर्भमा नागरिक समाजले अझै सशक्त ढंङ्गले स्थानिय तहमा नागरिक अधिकारका लागि कार्य गर्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । स्थानिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... परिवर्तीत सन्दर्भमा नागरिक समाजले अझै सशक्त ढंङ्गले स्थानिय तहमा नागरिक अधिकारका लागि कार्य गर्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । स्थानिय"/>
2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नागरिक समाजको भूमिका शसक्त हुनुपर्नेमा जोड

परिवर्तीत सन्दर्भमा नागरिक समाजले अझै सशक्त ढंङ्गले स्थानिय तहमा नागरिक अधिकारका लागि कार्य गर्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । स्थानिय तहमा सरकार र जनप्रतिनिधिको क्षमता सवलीकरण गर्न, जनताको अधिकारका लागि काम गर्न र उनिहरुलाई वल दिनका लागि अब नागरिक समाजको भूमिका रहनु पर्ने धारणा व्यक्त गरिएको थियो । स्थानिय तहमा आएका विभिन्न नागरिक अधिकारलाई कार्यान्वयन गर्न सक्ने गरि तहाँ निति तथा नियम बन्यो बनेन तथा त्यसको कार्यान्वयनको अवस्था कति प्रभावकारी रहयो भन्नेमा समेत नागरिक समाजले ध्यान दिने पर्नेमा जोड दिइयो । नागरिक समाजले पारदर्शिता, तटस्थता निष्पक्षता कायम गर्नमा चुनौती रहेको बताउँदै अब नागरिक समाजका भूमिका मागि खाने विकास हैन गरि खाने विकासमा जोड दिनु पर्ने खालको हुनु पर्ने बताइयो ।
स्त्रि शक्ती काठमाण्डौ सहयोगमा गैसस महासंघ नेपाल र सिड नेपालको आयोजनामा शुक्रवार कुश्मामा सम्पन्न भएको परिवर्तीत सम्दर्भमा स्थानिय सरकार गठन पश्चिात नागरिक समाजको भूमिका विषयका अन्तक्रिया कार्यक्रमका लागि कार्यपत्र प्रस्तोता उप.प्राध्यापक दुर्गा पाण्डे पन्तको धारणा माथी बोल्दै पर्वत जिल्लाका नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुुन । 
 कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्व्य समिति पर्वतका सादस्य कविता वि.क.ले नागरिक समाजले जनप्रतिनिधि र सरकारलाई मार्ग निर्देशन गर्ने खालका अभियानहरु संचालन गर्नु पर्ने बताउनु भयो । गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रीय इन्चार्ज देविप्रसाद तिमिल्सिनाले नागरिक समाजले संविधानमा उल्लेखित नागरिकका मौलिक हकको कार्यान्वयनका लागि पैरवी गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता हरिनारायण रेग्मीले नागरिक समाजले अन्तर्मनको अभिव्यक्त गर्न डराउन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ४ का अध्यक्ष मिना कर्मचार्य, वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्मा, वडा नं ७ का अध्यक्ष सुवास पौडेलले नागरिक समाजले स्थानिय तहको योजना निर्माण तथा उपलव्धीमा समेत चासो राख्न आग्रह गर्नु भयो । 
सिड नेपालका अध्यक्ष नेत्रकला सुवेदी तथा गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्माको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार एलाइन्सका सचिव गोविन्द पहाडी, नागरिक समाज सञ्जाल पर्वतका संयोजक विश्वराज पाण्डेय, पूर्व जि.वि.स. उपाध्यक्ष टिकाराम भूषाल, फेकोपन पर्वतका अध्यक्ष किशोर सापकोटा, पर्वत उद्योग वाणिज्य संघका महासचिव ठाकुर वि. पौडेल, उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सरिता भण्डारी सरु, वुद्धिजिवि परिषद पर्वतका अध्यक्ष विष्णु रिजाल, सिड नेपालका उपाध्यक्ष आनन्द पौडेल लगाएतले नागरिक समाजको भूमिका शसक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो