२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्यान्ड–कम्बोडिया ’शान्ति सम्झौता’ हस्ताक्षरमा ट्रम्प सहभागी हुने

२८ आश्विन २०८२, मंगलवार १३:४९

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले मङ्गलबार बताउनु भएको छ ।

गत जुलाईमा थाइल्यान्ड र कम्बोडियाबिचको तनाव दशककै सबैभन्दा घातक सैन्य झडपमा परिणत हुँदा ४० जना भन्दा बढी मानिसहरु मारिनुका साथै करिब ३ लाख मानिसहरु विस्थापित भई आफ्नो घर छोड्न बाध्य भएको जनाइएको छ ।

लडाइँ पछि, पनि एक अर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाएका दुबै राष्ट्रहरु पछिल्लो समयमा युद्धविराममा सहमत भएका छन् ।

डोनाल्ड ट्रम्प “थाइल्यान्ड–कम्बोडिया शान्ति सम्झौता हेर्न उत्सुक रहेको मोहम्मद हसनले क्वालालम्पुरमा पत्रकार सम्मेलनमा बताउनु भएको हो ।

अक्टोबर २६–२८ मा मलेसियाको राजधानीमा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको साझा सङ्गठन (आसियान) को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले ट्रम्प पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले द्वन्द्व अन्त्य गर्ने “नवीन कूटनीति“ को श्रेय दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेको बताउनु भएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले गत हप्ता आफूले ट्रम्पबाट एउटा पत्र प्राप्त गरेको र उहाँले दुई छिमेकी बिचको तनाव समाधान गर्न चाहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै