२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध मानवता विरुद्धको अपराधमा मृत्युदण्डको माग

२०८२, ३० आश्विन बिहीबार १५:१५

बङ्गलादेशका अभियोजन वकिलहरूले बिहीबार मुलुकबाट पलायन हुनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय दिन अदालतमा माग पेश गरेका छन् ।

अभियोजनको आरोप अनुसार हसिनाले सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिनुभयो, जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले पनि यस झडपमा ठूलो सङ्ख्यामा जनधनको क्षति भएको पुष्टि गरेको छ ।

मुख्य अभियोजक ताजुल इस्लामले अदालत बाहिर पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “हामी उहाँलाई उच्चतम सजायको माग गर्दैछौँ । एकल हत्याका लागि मृत्युदण्ड नियम हो, तर एक हजार चार सय हत्याका लागि कम्तिमा एउटा मृत्युदण्डको माग उचित छ ।”

अभियोजनका अनुसार ७८ वर्षीया हसिना यस घटनाको केन्द्रविन्दु हुनुहुन्थ्यो र जुलाई–अगस्ट विद्रोहको समयमा भएका सबै अपराधहरू उहाँको वरिपरि केन्द्रित थिए । मुद्दा दुई पूर्व वरिष्ठ अधिकारीहरूको अनुपस्थितिमा अघि बढाइएको छ ।

पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल फरार हुनुहुन्छ भने पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन हिरासतमा हुनुहुन्छ र दोषी ठहर हुनुभएको छ । अभियोजनले कमाललाई पनि मृत्युदण्डको सजाय भोग्नुपर्ने माग गरेको छ ।

जुन १ मा सुरु भएको मुद्दामा महिनौँको गवाही सुन्ने क्रममा हसिनाको भूमिकालाई आरोपको केन्द्रमा राखिएको छ । अभियोजनले भनेका छन्, “उहाँको लक्ष्य आफ्नै र आफ्नो परिवारका लागि स्थायी रूपमा सत्तामा टाँसिने थियो ।”

यसैबीच, हसिनाले गत वर्ष भारतबाट फर्कने अदालतको आदेशलाई अवहेलना गर्दै देशबाट भागेको तथ्य पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा