२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

१ कार्तिक २०८२, शुक्रबार १४:३४

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रयाली ध्वस्त भए पछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ । हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पतालहरू मात्र चलिरहेको द्वन्द्व र विनाशको बीचमा आंशिक रूपमा काम गरिरहेका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको आवश्यक पूर्वाधारको अवशेष मात्र बाँकी रहेको बताउनु भएको छ ।

गाजामा स्वास्थ्य सस्थाहरु थोरै बाँकी रशहेको बताउदै उहाँले मेनिन्जाइटिस, गुइलेन–बार्रे सिन्ड्रोम, र श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत सङ्क्रामक रोगहरूको अनियन्त्रित फैलावटको चेतावनी दिनु भएको छ ।

डब्ल्यूएचओको तथ्याङ्क अनुसार गाजा सहरमा हाल आठवटा स्वास्थ्य केन्द्रहरू मात्र सञ्चालनमा छन भने कर्मचारी अभावको कारण आंशिक रूपमा मात्र सेवा दिई रहेका छन् ।

डा. बाल्कीले गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण गर्न अरबौं डलर र दशकौंको काम लाग्ने कुरामा जोड दिदै आवागमनमा चलिरहेको प्रतिबन्ध र द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थाका कारण क्षतिको मूल्याङ्कन गर्नेसमेत चुनौती रहेको बताउनु भएको छ ।

सन् २०२३ अक्टोबर–७ देखि, संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार स्वास्थ्य सुविधाहरूमा ८०० भन्दा बढी आक्रमणहरू रिपोर्ट गरिएको छ ।

बाल्खीले विगत दुई वर्षमा जन्मेका बच्चाहरूप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरुले बाल्यकालका आवश्यक खोपहरूसमेत गुमाएको बताउनु भएको छ ।

चालु महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले अक्टोबर २०२३ देखि युद्धमा कयौँ घाइते तथा अपाङ्गताबाट ग्रस्त रहेको र घाइते भएका मध्ये एक चौथाई बालबालिका रहेको खुलासा गरेको थियो ।

गाजामा मानसिक स्वास्थ्यको आवश्यकता पनि दोब्बर भन्दा बढी भएको छ, तैपनि हालको सेवाहरूमा निकै कमी आएको एजेन्सीले जनाएको छ ।

डा. बाल्खीले घाइते व्यक्तिहरूलाई वेस्ट ब्याङ्क वा छिमेकी देशहरूमा उपचारका लागि तत्काल कारबाही गर्न अपील गर्दै इन्धन, खाना, चिकित्सा आपूर्ति र कर्मचारीहरूको पहुँच बढाउन आह्वान गर्नु भयो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएदेखि कम्तिमा ६७ हजार ९६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट