२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

विगतलाई समीक्षा गरेर अगाडि बढ्नुपर्छ

२०७३, ५ बैशाख आईतवार ०२:३२

Bardiya Education

प्रभात सुवेदी । वैशाख ५, बर्दिया । शैक्षिक गुणस्तरका लागि विगतलाई समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

‘समुन्नत राष्ट्रको लागि शैक्षिक विकासमा हाम्रो प्रतिवद्धता, राजनैतिक अधिकार सहितको ट्रेड यूनियन अधिकार संवैधानिक सुनिश्चितता’ भन्ने मूल मर्मका साथ ३७औं शिक्षक दिवस तथा जिल्लाको १३औं परिषद्लाई उद्घाटनपश्चात सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष खुमलाल शर्माले उक्त कुरा बताउनुभएको हो । अहिले सामुदायिक विद्यालयहरुमा तल्ला कक्षाहरु खाली हुनुमा अरुलाई दोष थुपार्नु भन्दा पनि शिक्षकहरु आफैले नै यसका लगि पहल गर्नुपर्ने कुरामा जोड दिँदै शिक्षक विद्यार्थी अनुपात मिलाउनका लगि राज्यले दरवन्दी मिलान र शिक्षकहरुको तहगत दरवन्दी सहित बढुवाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । प्रमुख अथिति रहनुभएका अध्यक्ष शर्माले शिक्षक सन्देश नामक पुस्तकको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै महासचिव तिलक कुँवरले सांगठनिक सुधारका लागि सदस्यहरु वृद्धि, आर्थिक सवलीकरण, सहकारीता र समावेशीतालाई ध्यान दिनुपर्ने र शिक्षकहरुले कुनै पार्टीको झण्डा बोक्नु भन्दा पनि पेशागत राजनीति र हक अधिकार र सेवासुविधाहरुका लागि अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । आइसिटीमा दक्ष नभएका शिक्षकहरुको अवको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी र परिणाममुखी नहुने भएकाले अवका दिनमा सबै शिक्षकहरुले अनिवार्य रुपमा यस क्षेत्रमा आफूलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल शिक्षक महासंघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गानाले गुणस्तरीय शिक्षाका लागि बहस गर्नुपर्ने र जिल्लालाई भर्खरै मात्रै साक्षर जिल्ला घोषणा गरिएकोमा अवको दिनमा साक्षर मात्रै नभएर शिक्षित जिल्ला बनाउनु पर्ने कुरा बताउनुभयो ।

Bardiya Education 2

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हरि ज्ञवाली, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव दया पौडेल, सुर्खेतका अध्यक्ष रामबहादुर शाही, दैलेखका अध्यक्ष देवेन्द्र अधिकारी, केन्द्रिय सदस्य शिव उपाध्याय लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमा १२औं साफ खेलकुद अन्तर्गत खोखोमा सहभागी भएर कास्य पदक प्राप्त गरि देशको गौरव बढाएका बर्दियाली खेलाडिहरु सिर्जना शाही, ललिता थारु, ज्योतिप्रकाश तिमिल्सिना र करिश्मा बोगटीलाई सम्मान गरिएको थियो । यसैगरी निवृत्त शिक्षकहरु, संस्थापक अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । साथै संगठनको आजीवन सदस्यता लिने सदस्यहरुका लागि पनि प्रमाणपत्र प्रदान गरिएको थियो । एसएलसी परीक्षा २०७१ मा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट जिल्लामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पनि सम्मान गरिएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमितिका अध्यक्ष लोकमणी आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जिल्ला सचिव भक्तिसागर रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला