२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

१ कार्तिक २०८२, शुक्रबार १७:४५

काठमाडौँ | आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटकपटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँचवटा उद्योगले आज नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता रु पाँच करोड ८५ लाखमध्ये पहिलो किस्ताबापत रु २० लाख ९० हजार बुझाएको जानकारी दिनुभयो । यसअघि नै बक्यौता तिर्न सुरु गरी वैशाखदेखि तिर्न छाडेको परासीस्थित लक्ष्मी स्टिलले पनि किस्ताबापत रु ८४ लाख ९८ हजार बुझाएको उहाँको भनाइ छ ।

त्यसैगरी, यसअघि किस्ता बुझाई बीचमा छाडेको सर्वोत्तम सिमेन्टले पनि रु ४० लाख बुझाएको प्राधिकरणले जानकारी दिएको छ । आज डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको थियो ।

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता रु ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको हो ।

त्यसैगरी, रु १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई रु ६३ लाख बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य