२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

२०७४, ८ आश्विन आईतवार ०६:००

असोज ८, चितवन। पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । 

कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । 

राजधानीका चार अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएको भए पनि राजधानी बाहिर हालसम्म प्रत्यारोपणको काम नियमित भएको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल राजधानी बाहिर प्रत्यारोपण केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा रहनुभएको छ । पोख्रेलकै निर्देशनमा भरतपुर अस्पताल विकास समितिले प्रत्यारोपण केन्द्र स्थापना गर्न प्रस्ताव अघि बढाउने निर्णयसमेत गरेको छ । 

राजधानीमा सरकारी तवरबाट मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा प्रत्यारोपणको काम हुँदै आएको छ । 

निजी क्षेत्रमा ग्र्याण्डी अस्पतालले प्रत्यारोपण गर्दै आएको छ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु पाँच लाख ५० हजार अनुदान दिँदै आएको छ ।

स्थापना र पहिलो वर्षको खर्च सरकारी तबरबाट उपलब्ध गराएमा अस्पतालले प्रत्यारोपणको कामलाई निरन्तरता दिन सक्ने मरासिनीले बताउनुभयो । 

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने शल्यक्रिया कक्ष अस्पतालमा भएको भन्दै उहाँले चिकित्सकको समूह र आवश्यक औजार जुटाएसँगै प्रत्यारोपण गर्न सकिने बताउनुभयो । 

सामान्यरुपमा प्रत्यारोपण शुरु गर्न करिब रु चार करोड खर्च लाग्ने भए पनि उच्चस्तरको व्यवस्थापन गरी काम गर्न करिब रु १३ करोड खर्च हुने अनुमान गरिएको छ । 

भरतपुर अस्पतालले गत महिनाबाट मिर्गौलाको डायलासिस गर्दै आएको छ । डायलासिस गरेका बिरामीको अन्तिम उपचार मिर्गौला प्रत्यारोपण नै हो ।

हरेक वर्ष चितवन र छिमेकी जिल्लाबाट आउने झण्डै दुई लाख बिरामीलाई सेवा दिँदै आएको भरतपुर अस्पतालमा यसै वर्षबाट न्यूरो सर्जरी, कार्डियो थेरापी सर्जरी, सिटिस्क्यान, उच्चस्तरको बाल सघन उपचार कक्षसमेत सञ्चालनमा ल्याइएको छ ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल