२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगान सिमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

२ कार्तिक २०८२, शनिबार १३:२९

पाकिस्तानले अफगानिस्तानसँगको सिमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतङ्ककारीको ज्यान गएको छ । सुरक्षा स्रोतहरूका अनुसार, यो कारबाही प्रतिबन्धित आतङ्ककारी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को एक समूहविरुद्ध गरिएको हो ।

उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सिमावर्ती क्षेत्रमा आधारित विश्वसनीय गुप्त सूचनाका आधारमा पाकिस्तानले सटीक हवाई कारबाही सञ्चालन गरेको हो । आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिएका स्रोतहरूले बताएका छन् ।
हाल टीटीपीसँग युद्धविराम कायम भए पनि उक्त समूहले पाकिस्तानका विभिन्न स्थानहरूमा आक्रमण जारी राखेको जनाइएको छ । शुक्रबार उत्तर वजीरिस्तानमा भएको एक सवारी बम विस्फोटमा एक सुरक्षाकर्मीको ज्यान गएको थियो भने केही अन्य घाइते भएका थिए ।

सुरक्षा निकायका अनुसार पछिल्ला ४८ घण्टामा आतङ्ककारीहरू अफगानिस्तानबाट पाकिस्तानमा आक्रमण गर्न आएका थिए ।
पाकिस्तानी सुरक्षाबलले आतङ्ककारी गतिविधिहरूको कडा जवाफ दिने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान