१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका एक हजार ८६१ बालबालिका कुपोषित

८ आश्विन २०७४, आईतवार ०६:५९

असोज ८, नुवाकोट। नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । 

ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 

विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधारमा पर्याप्त आहाराको कमी र विभिन्न रोगको संक्रमणका कारण शीघ्र कुपोषण भएका बालबालिकाको संख्या एक हजार ८६१ रहेको पोषण विकास अधिकृत जनार्दन सिलवालले जानकारी दिनुभयो । 

“भूकम्पपछिको २९ महिनामा ३०५जना शीघ्र कुपोषित भएका बालबालिका पाइएकाले उनीहरुलाई स्वास्थ्य चौकीमा स्थापना गरेको बहिरंग सेवा केन्द्रमा उपचार गर्दै आएका छौँ ।” पोषण विकास अधिकृत सिलवालले भन्नुभयो, “अत्यन्त जोखिम अवस्थामा पुगिसकेकालाई जिल्ला अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउँदै आएका छौँ ।” 

जिल्लामा कुपोषणग्रस्त बालबालिकाको संख्या धेरै भेटिएपछि स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा एक÷एक केन्द्र स्थापना गरी बिरामीलाई निःशुल्करुपमा उपचार पु¥याउन शुरु गरेको छ । 

जिल्लाको सबै बस्तीबाट संकलन गरेको तथ्यांकका आधारमा जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाको सख्या करिब २६ हजार रहेकामा एक हजार ८०० भन्दा भढी बालबालिकामा कुपोषण देखिएको हो । योसँगै एक हजार १०२ जना गर्भवती एवं सुत्केरी महिला कुपोषणको जोखिममा परेको पाइएपछि नियन्त्रणका लागि खोज, उद्धार र उपचारमा अभियान नै शुरु गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सामाजिक संस्था एसिएफ इन्टरनेशनलसँगको सहकार्यमा स्वास्थ्यकर्मीसहित महिला स्वास्थ्य स्वयंसेविकालाई समेत तालीम दिएर रोग नियन्त्रण गर्न ‘पाखुराको नाप’ मार्फत बिरामीको खोजी र पत्ता लगाएकालाई रोग निधान गर्न प्रयास हुँदै आएको खोप अधिकृत अमृत महर्जनले बताउनुभयो । 

बालबालिकाले पर्याप्त खान नपाएर मात्र नभई उनीहरुले खाने खानाको सन्तुलन नमिलेर, छ महिनासम्मका बालबालिकाले पर्याप्त मात्रामा आमाको दूध खान नपाएर र अन्य रोगले संक्रमण गरेमा पनि कुपोषण रोग लाग्ने भएकाले त्यसतर्फ अभिभावक सचेत भएमा रोग लाग्नबाट बचाउन सकिने कार्यालयले जनाएको छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह