२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

जोखिममा परेका अर्नाको उपचार शुरु

२०७४, ८ आश्विन आईतवार ११:०५

असोज ८, चितवन। बाढीपछि रोगले ग्रस्त भएका चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार शुरु गरिएको छ । 

निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा रहेको प्रविधिज्ञको टोलीले कोशीबाट स्थानान्तरण गरी चितवन निकुञ्जमा ल्याएका अर्नाको आजदेखि उपचार शुरु गरेको हो । “बाढीपछि विभिन्न रोगको संक्रमण भएर अर्नाको अवस्था नाजुक देखियो,” डा गैरेले भन्नुभयो – “केही दिनदेखि घाँसपात तथा दाना दिइरहेका थियौँ । आजदेखि औषधि चलाउन थालेका छौँ ।” 

आज बिहान डा गैरेसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरीनरी प्राविधिक किरण रिजाल र अर्नाको रेखदेखकर्ता सुनिल कँडेल निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना राखेको खुला खोरमा पुग्नुभयो । उहाँहरुले जुका र नाम्ले नियन्त्रण गर्ने औषधि मिसाएर अर्नालाई दानामा राख्नुभएको छ । दश वटा अर्नाका लागि १० वटा बाटामा दानासँगै औषधि मिसाएर छाडिएको छ । समय अनुकूल भएपछि अर्नाले आएर दानासँगै औषधि खानेछ । बाढीले अर्ना राखेको घाँसे मैदानमा ठूलो क्षति पु¥याएको र साना घाँस डुबाएको तथा पुरेको छ । 

उसका लागि बनाइएको पोखरीसमेत पुरिएको छ जसका कारण अर्नाले राम्ररी घाँस खान पाएको थिएन । बाढीमा पानी र घाँस प्रदूषित हुँदा बाढीपछि यहाँ दुई वटा अर्ना मरेको छ भने बाँकी भएका अर्ना नाम्ले र जुका लागेर दुब्लाउँदै गएको छ । अर्ना बचाउन भदौ २७ देखि दाना र घाँस दिन थालिएकामा आजदेखि औषधि दिन थालिएको हो । साउन २८ गते आएको बाढीका कारण अन्य जनावरसहित अर्नामा विभिन्न रोग देखिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीपछि भदौ २२ गते र भदौ २५ गते दुई वटा पोथी अर्ना मरेका थिए । यसअघि चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना वैशाख ५, जेठ ३ र असार ७ गते मरेका थिए । पन्ध्र वटा अर्ना स्थानान्तरण गरिएकामा अहिलेसम्म पाँच वटा अर्ना मरेका र अब १० वटा बाँकी रहेका छन् । बाँकी १० अर्नामा पनि विभिन्न रोगको संक्रमण देखिएकाले बचाउने प्रयास भइरहेको छ । सौराहास्थित निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोरमा राखिएका अर्नामा नाम्ले, माटे जुका र गोलो जुका देखिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जले दाना तथा घाँस दिने, आवश्यक अनुसन्धान गर्ने र रेखदेख गर्ने काम गरिरहेको जनाउनुभयो । अर्नालाई तौलअनुसारको डोज मिलाएर औषधि दिन थालिएको वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउनुहुन्छ । 

यस्तै, अर्नाका लागि घाँसपात तथा पराल दिनका लागि अहिले खुला खोरभित्र गोठ बनाउन लागिएको छ । अर्ना बसेको क्षेत्रमा काँस, सिरु, पिरे र न्युरो मात्रै धेरै छ । उसलाई पर्याप्तमात्रामा घाँस नभएको डा गैरे बताउनुहुन्छ । घाँसकै अभावले दुब्लाएको भए एक हप्ताभित्र अर्ना तन्दुरुस्त हुने उहाँको दाबी छ । बाढीका कारण चितवन निकुञ्जका दुई गैँडासमेत मरेका थिए भने एक दर्जन जतिलाई बगाएको थियो । सात वटालाई भारतबाट र एउटालाई नेपाल–भारतको सीमाबाट गैँडा उद्धार गरिएको थियो । बाढीले वन्जयन्तुको बासस्थान नै खलबल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउनुहुन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी