असोज ८, नवलपरासी । नवलपरासीको सीमावर्ती नाका महेशपुरमा कपडा तस्कर र प्रहरीबीच झडप भएको छ ।
भारतीय बजार ठूठीबारीबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले बरामद गर्ने क्रममा तस्कर र प्रहरीबीच झडप भएको हो ।
तस्करहरुले स्थानीयलाई प्रयोग गरेर राजश्व अनुसन्धान टोलीमाथि जाई लागेका थिए । त्यसपछि कर्मचारी र प्रहरी भागेका थिए । सशस्त्र र प्रहरीको थप सुरक्षा बल पुगेपछि धानबारीमा लुकाई राखेको तीन वटा गाँठ बरामद गरिएको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ ।
कपडा बरामद गरिए पनि तस्करीमा प्रयोग गरिएको पिक अप भ्यान भने पक्राउ गर्न सकेको छैन । बरामद गरिएको कपडा करीब तीन लाखभन्दा बढी मूल्यको भएको अनुमान गरिएको छ ।