By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    24 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > मुख्य समाचार > ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
मुख्य समाचारविश्व

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड–कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

साझासवाल
Last updated: October 26, 2025 12:48 pm
साझासवाल
6 Min Read
Share
U.S. President Donald Trump talks with Malaysia Prime Minister Anwar Ibrahim as he arrives at Kuala Lumpur International Airport to attend the 47th Association of Southeast Asian Nations (ASEAN) summit in Kuala Lumpur, Malaysia, Sunday, Oct. 26, 2025. (Hasnoor Hussain/Pool Photo via AP)

थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।

सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायीत्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, “हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन् ।”

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गर्नुभयो भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिनुभयो ।

क्वालालम्पुरमा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को वार्षिक शिखर सम्मेलनमा आइपुगेपछि राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक कार्यक्रम थियो ।

जापान र दक्षिण कोरियाको भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटसमेत समावेश यस भ्रमणले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय सम्झौता निर्माताको छवि’ बलियो पार्ने अवसर दिएको छ ।

ट्रम्प मलेसियाको राजधानीमा ०२ः०० जिएमटी तिर आइपुग्नुभयो । उहाँले स्थानीय कलाकारहरूसँग आफ्नो प्रसिद्ध अभियान शैलीमा नृत्य प्रदर्शन गर्नुभयो र अमेरिकी तथा मलेसियाली झण्डा एकसाथ फहराउनुभयो । भोलिपल्ट उहाँले मलेसियासँग व्यापार र महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

विशेषतः प्रविधि उत्पादनमा आवश्यक घटकहरूको आपूर्तिलाई विविधिकरण गर्न संयुक्त राज्य अमेरिका हाल चीनमा निर्भरता घटाउने रणनीतिमा अघि बढिरहेको छ । यस सन्दर्भमा ट्रम्पको यो भ्रमण एसियाली बजारसँग पुनः सम्बन्ध विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।

ट्रम्प आफ्नो पहिलो कार्यकालमा केवल एकपटक मात्र आसियान शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो । यसपालि कार्यक्रममा उहाँले विश्व शान्ति स्थापनाका प्रयासमा नयाँ भूमिकाको प्रदर्शन गर्नुभएको छ ।

थाइल्यान्ड र कम्बोडियाबीच यसअघि जुलाई महिनामा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको र लाखौँ विस्थापित भएका थिए । यो पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो सशस्त्र झडप थियो ।

त्यसबेला राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबन्ध र व्यापार सम्झौता रोक्ने चेतावनी दिएपछि दुवै देश वार्तामा बस्न तयार भएका थिए । त्यसयता अस्थायी युद्धविराम कायम थियो, जुन आइतबारको सम्झौताले औपचारिक रूप प्राप्त गरेको छ ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले कम्बोडिया र थाइल्यान्डसँग छुट्टाछुट्टै आर्थिक सहकार्य सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो ।

“ट्रम्पको करको कार्ड निर्णायक साबित भयो । सायद यही मुख्य कारण थियो जसले दुवै देशलाई तुरुन्तै युद्धविराममा सहमत गरायो”, नोम पेन्हस्थित फ्युचर फोरम थिङ्क ट्याङ्कका अध्यक्ष ओउ विराकले भन्नुभयो, “यो समारोह ट्रम्पका लागि ठूलो कूटनीतिक क्षण हो—उहाँ अब युद्ध र द्वन्द्व अन्त्य गर्ने शान्तिदूतका रूपमा प्रस्तुत भइरहनुभएको छ, जसले सम्भवतः उहाँलाई नोबेल शान्ति पुरस्कारका दावेदारका रूपमा बलियो बनाउँछ ।”

ट्रम्पले हालै लगातार विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता गर्दै आफूले ‘शान्ति स्थापनामा सहयोग गरेको’ दाबी गर्दै आउनुभएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियान शिखर सम्मेलनमा प्रारम्भिक सम्बोधनका क्रममा थाइल्यान्ड–कम्बोडिया सम्झौताप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “यो सम्झौताले मेलमिलाप कुनै कमजोरी होइन, यो त साहसको प्रमाण हो भन्ने बारे हामी सबैलाई सम्झाउँछ ।”

थाई विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज बालानकुराले शनिबार भएको सम्झौतालाई ‘संयुक्त घोषणा’ का रूपमा वर्णन गर्दै भन्नुभयो, “यो थाइल्यान्ड र कम्बोडियाले आफ्ना सम्बन्धलाई नयाँ ढङ्गले पुनःनिर्माण गर्न प्रतिबद्ध रहेको सङ्केत हो । काम भर्खरै सुरु भएको छ, अन्त्य होइन ।”

यसैबीच, ट्रम्पको यो भ्रमणमा शुल्क नीति र व्यापार विवादहरू पनि केन्द्रमा रहेका छन् । क्वालालम्पुरमा रहँदा उहाँले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेटवार्ता गर्ने अपेक्षा छ, तर क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट नहुने जनाइएको छ ।

क्यानाडाले प्रसारण गरेको टेलिभिजन विज्ञापनले आफ्नो कर ट्यारिफ नीतिको विरोध गरेपछि अमेरिकी राष्ट्रपति क्यानाडासँग असन्तुष्ट रहनुभएको छ । ट्रम्पले त्यसकै प्रतिक्रियामा हालै क्यानाडाली सामानमा १० प्रतिशत अतिरिक्त कर बढाउने घोषणा गर्नुभएको थियो ।

उहाँको भ्रमणमा अर्को प्रमुख विषय चीनसँगको व्यापार सम्बन्ध हो । एयर फोर्स वनमा साथ रहेका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दक्षिण कोरियामा हुने सी जिनपिङसँगको सम्भावित भेट ‘उपलब्धिपूर्ण हुने आशा’ व्यक्त गर्नुभयो । उहाँले फेन्टानिल तस्करी नियन्त्रण र अमेरिकी किसानहरूको हितमा सोयाबिन बिक्री विस्तारलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँले भनुभयो, “हामीसँग ठूलो र समावेशी सम्झौता गर्ने राम्रो अवसर छ । म अमेरिकी किसानहरूको हितको रक्षा गर्न चाहन्छु र सी पनि आफ्नो देशका लागि केही चाहनु हुन्छ ।”

तथापि, वासिङ्टन छोडेपछि ट्रम्पका आर्थिक सम्झौताहरूका विशिष्ट विवरणहरू अझै सार्वजनिक भएका छैनन् । यसले दीर्घकालीन व्यापारिक समस्याहरू वास्तवमै समाधान हुने वा केवल राजनीतिक प्रदर्शनमा सीमित रहने भन्ने प्रश्न खुला छ ।

उहाँले भ्रमणका क्रममा जापान र दक्षिण कोरियासँग दीर्घकालीन व्यापार सम्झौतामा अन्तिम रूप दिन सकिने आशा व्यक्त गर्नुभएको छ । “हामीसँग धेरै देशसँग उत्कृष्ट सम्झौता भएका छन्”, उहाँले हाँस्दै भन्नुभयो ।

यस वर्षको क्वालालम्पुर शिखर सम्मेलनमा अनुपस्थित प्रमुख नेतामध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक हुनुहुन्छ । आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग घनिष्ठ सम्बन्ध रहेका मोदी र अमेरिकी नेताबीच हाल सम्बन्ध केही तनावपूर्ण बनेका छन् । ट्रम्पले भारत–पाकिस्तानबीचको हालको द्वन्द्व समाधान गरेको दाबी गर्दै रुसी तेल खरिदका कारण भारतमाथि कर बढाएकोमा घमण्ड गरेपछि दुई नेताबीच असहजता देखिएको बताइन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पर्सामा छठघाट सजाइयो
Next Article ‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन

3 weeks ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

1 year ago
मुख्य समाचारमौसम अपडेटसमाज

आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु

2 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?