३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्ज उपमहानगरपालिकाको वर्षिक समिक्षा कार्यक्रम सम्पन्न

१६ कार्तिक २०७२, सोमबार ०३:०१

कत्तिक १६, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको वर्षिक समिक्षा गरिएको छ । उपमहानगरपालिकाले आज आर्थिक वर्ष २०७१/०७२ मा भए/गरिएका समग्र योजना, कार्यक्रम, गतिवीधी र आय व्यय सार्वजनिक गर्दै स्वयं समिक्षा गरेको हो ।

उपमहानगरपालिकाका पदाधिकारी, कर्मचारी, राजनीतिक दल, वडा नागरिक प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थितीमा उपमहानगरपालिकाले शाखागत प्रगती विवरण, एकिकृत शहरी विकास परियोजनाको काम प्रगती प्रस्तुत गर्दै आइपरेको समस्या, चुनौती र भावी योजनासहितको समिक्षा ग¥यो ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद भुषालले योजना कार्यान्वयन, फोहर व्यवस्थापन, सडक माप दण्ड निर्धारण, भवन सहिंता, राजश्व वृद्धि, सडक मर्मत/पुननर्मिाण, सार्वजनिक जग्गा संरक्षण लगायतका महत्वपूर्ण काममा उपलव्धी हासील भएको भन्दै दक्ष जनशक्ति व्यवस्थानमा अझै चुनौती रहेको बताउनु भयो ।

कार्यकारी अधिकृत भुषालले नगरको भौतिक विकास (विभिन्न सडक, वसपार्क, रानीतलाउ, वधशाला निर्माण), सामाजिक विकास, सरसफाई तथा खुल्ला दिसामुक्त क्षेत्र घोषणा लगायतका भावी योजना रहेको भन्दै सो को कार्यान्वयन र सफलताका लागि राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवाला सवैको उत्तिकै जिम्मेवारी र दायित्व रहनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले नगरमा सडक निर्माण, फोहर र ट्रफिक वयवस्थापन लगायतका चुनौती रहेको भन्दै सो तर्फ चाँसो दिनु पर्नेमा जोड दिनु भयो । एकिकृत शहरी विकास परियोजना प्रमुख दिपक श्रेष्ठले सडक, नालाको काम तिव्र गतीमा भएको भन्दै थप विकास योजना र काम थपीने सम्भावना रहेको बताउनु भयो ।

अझै रुपमा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका दत्त प्रसाद आचार्य, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे लगायतले दलका प्रतिनीधी, स्थानीय नागरिकको सुझावलाई ग्रहण गर्दै प्राथमिकताका आधारमा विकास निर्माण योजना कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली