२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

११ कार्तिक २०८२, सोमबार ११:३६

व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ ।

यस भेटका केही विवरणहरू मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रूसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो । यसले वासिङ्टन र नयाँदिल्लीबीच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ ।

जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत रुबियोसँगको मुस्कुराउँदै हात मिलाएको तस्बिर साझा गर्दै लेख्नुभएको छ, “हाम्रो द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी विषयहरूमा भएको उपयोगी छलफलको म प्रशंसा गर्दछु ।”

यो भेट दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको साइडलाइनमा सम्पन्न भएको थियो । सो अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा उपस्थित हुनुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो लिङ्कद्वारा सम्बोधन गर्नुभएको थियो ।

गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइने भन्सार शुल्क दर ५० प्रतिशतसम्म बढाएपछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । अमेरिकी अधिकारीहरूले भारतमाथि मस्कोबाट छुट मूल्यमा तेल खरिद गरेर युक्रेनमा जारी रुसको युद्धलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाएका थिए ।

गत हप्ता प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गरेपछि राष्ट्रपति ट्रम्पले भारतले रूसी तेल आयात कटौती गर्न सहमति जनाएको दाबी गर्नुभएको थियो, तर यसबारेमा नयाँदिल्लीले आधिकारिक प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो