२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कोहलपुर नगरपालिकाले तेस्रो नगरपरिषद् सम्पन्न

२७ पुष २०७२, सोमबार १३:४७

पुस २७, बाँके ।  कोहलपुर नगरपालिकाले तेस्रो नगर परिषद् सम्पन्न गर्दै आ.ब. २०७३÷०७४ को ८ करोड ७० लाखको आय व्यय प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि नेपाल सरकारको अनुदानतर्फ पूँजिगतमा ५ करोड ३० लाख र चालुतर्फ ५० लाखको र आन्तरिकतर्फ ३ करोड को आय सहित जम्मा ८ करोड ७० लाखको आय र सोही रकम बराबरको अनुमानित व्यय कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द पाण्डेले प्रस्तुत गरेको आगामी आ.ब.को नीति तथा कार्यक्रम बजेटमा उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख तथा कार्यकारी अधिकृत पाण्डेबाट नगरपालिकाको तेस्रो नगर परिषद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा आ.ब. ०७३÷०७४ का लागि लक्षित वर्ग महिलातर्फ २८ लाख ५१ हजार रुपैयाँ बजारबरको आयोजना तथा कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ । यस्तै बालबालिकाका क्षेत्रमा २८ लाख ५१ हजार, अन्य विपन्न लक्षित वर्गमा ४२ लाख ७६ हजार ५ सय, आर्थिक,सामाजिक, भौतिक पूर्वाधार विकासतर्फ १ करोड ४३ लाख तथा प्रवद्र्वनात्मक आयोजना तथा कार्यक्रम तर्फ ५१ लाख ३१ हजार रुपैया छुट्याइएको छ ।

कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि १ लाख, अन्य प्रवद्र्वनात्मक कार्यक्रममा ९ लाख ३१ हजार ५ सय र आन्तक आय (पूँजिगत) तर्फ २ करोड रुपैयाँ बराबरको आयोजना/कार्यक्रम तथा बजेट बाँडफाड प्रस्ताव गरिएको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान