पर्वत । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना "/>

2026-09-19 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पूर्व सांसदलाई पेन्सन दिने कानुन बनाउन लागेका छैनौ– काँग्रेस सांसद अर्जुनप्रसाद जोशी

पर्वत । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव नगरेको नेपाली काँग्रेसका पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले स्पष्ट पारेका छन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सांसदहरुले कुनै पनि पेन्सनको माग नगरेको तर पहिचानको लागि कुरा उठाएको बताएका हुन् । 

आफू स्वयम सो विधेय सम्बन्धी उपसमितीमा रहेको भन्दै त्यस्तै कुनै माग नगरेको र विधेय बनेपनि पारित नुहने बताए । पेन्सन सम्बन्धी प्रस्ताब पनि नआउने र पारित पनि नहुने भन्दै  यस विषयमा टिकाटिप्पणी नगरेको राम्रो हुने बताए ।

उनले देशको विकास र परिर्वतनको लागि योगदा पु¥याएका सांसदहरुको सम्मान हुनुपर्ने माग मात्र गरिएको बताएका छन् । 

कार्यक्रममा बोल्दै सांसद जोशीले अस्वस्थ प्रतिस्पर्दा नगर्नको लागि आग्रह समेत गरेका छन् । उनले जिल्लाको विकास र निकासको लागि आफू सदैव लाग्ने बताउँदै पर्वतको छवि विर्गानको लागि कोहि पनि लाग्न नहुने बताए । 

सांसद जोशीले विचार स्वच्छ बनाउनुपर्ने भन्दै जिल्लाको विकासको लागि एक हुनुपर्नेमा जोड दिएका थिए ।

दुइ हप्ता अगाडि मात्रै कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग राखेका थिए ।

‘पूर्वसांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अब त्यसो गर्नु हुँदैन ।’सचेतक न्यौपानेले बताएकी थिइन ।  भने सांसद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिइ सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

एमाले र माओवादी मौन

यस विषयमा एमाले र माओवादी केन्द्रका सांसद भने यसबारे मौन बसेका छन् ।

सरकारले संसदमा पेश गरेको विधेयकमा पूर्व सांसदलाई पेन्सन दिने व्यवस्था छैन । पूर्व राष्ट्रपतिलाई मासिक पचास हजार रुपैयाँ र पूर्व उपराष्ट्रपतिलाई मासिक चालीस हजार रुपैयाँ पेन्सन वृत्ति उपलव्ध गराउने विधेयकको प्रस्ताव छ ।

त्यस्तै पूर्व राष्ट्रपतिलाई काठमाडौं उपत्यकामा आफ्नो वा आफ्नो एकाघरको परिवारको सदस्यको नाममा घर नभएमा मासिक २ लाख रुपैयाँ उपलव्ध गराउने प्रस्ताव छ । अन्य पूर्व पदाधिकारीलाई घर भाडा बापत मासिक ५० हजार उपव्ध गराउने प्रस्ताव छ ।

पूर्व पदाधिकरी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषदका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा वा संविधानको अध्यक्ष भई निवृत्त भएको व्यक्तिलाई जनाउने विधेयकमा उल्लेख छ ।

सो विधेयकमा आवश्यक सुझावसहित संशोधन गर्न राज्य व्यवस्था समितिले कांग्रेस सांसद जीवनवहादुर शाहीको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ ।

त्यस्तै कर्मचारी समायोजन सम्बन्धी विधेयकमा सहमति जुटाउन माओवादी सांसद एवम् पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्माको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन भएको एमाले सांसद रामेश्वर फुयालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो