२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतीक्षामा टर्कीका उद्धारकर्ताहरू ः स्रोत

१४ कार्तिक २०८२, बिहीबार १७:०३

खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै पनि गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार एएफएडी विपद् व्यवस्थापनको ८१ सदस्यीय टोली जीवीत व्यक्ती पत्ता लगाउने उपकरण र प्रशिक्षित खोजी कुकुरहरूसहित विशेष खोजी र उद्धार उपकरणहरू लिएर एक हप्ता अघि गाजाका लागि प्रस्थान गरेको थियो ।

तर उनीहरूलाई गाजामा प्रवेश गर्न इजरायलले स्वीकृति प्राप्त नभएकाले एएफएडी अझै पनि सीमामा पर्खिरहेको र इजरायलले अझै पनि टोलीलाई प्रवेश गर्न कुनै अनुमति जारी नगरेको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर मा गाजा युद्ध सुरु भएदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा टर्कीको उपस्थितिको कडा विरोध गरेपछि टर्कीसँगको इजरायलको सम्बन्ध बिग्रिएको छ ।

अन्काराले हालैको गाजा युद्धविरामको सहजकर्ताको रुपमा आफ्नो भूमिकाले यसलाई केही लाभ दिने र हाल सँगै राखिएको अन्तर्राष्ट्रिय शान्ति मिसनमा भाग लिन अनुमति दिने आशा गरिरहेको जनाइएको छ ।

“टर्की युद्धविरामको साझदार मध्ये एक भएको र सम्झौतामा हस्ताक्षर गरेको बताउदै स्वीकृतीका लागि अझै पर्खिरहेको स्रोतले बताएको छ ।

यस हप्ताको सुरुमा, इजरायली विदेश मन्त्री गिडियोन सारले इजरायलका विरुद्ध “शत्रुतापूर्ण बयान“ र “कूटनीतिक र आर्थिक उपायहरू“ मा टर्कीको सहभागितालाई अस्वीकार गर्दै इजरायलप्रति निष्पक्ष“ भएका देशहरूले मात्र गाजालाई सुरक्षित गर्न सेना पठाउन सक्ने बताउनु भएको थियो । उहाँले टर्कीको सशस्त्र सेनालाई गाजा पट्टीमा प्रवेश गर्न दिनु उचित नभएको र यसमा आफु सहमत नभएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै