2026-09-26 09:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।

बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ । उहाँका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

अनलाइन माध्यामबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताउनु भएको छ ।

देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उहाँले बताउनु भएको छ । यस समूहको क्रियाकलापले जनवरी र मईको बिचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुर्याएको जनाइएको छ ।

त्यस्ता क्रियाकलापहरु पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको उहाँले चेतावनी दिनु भएको छ । जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउदै उहाँले त्यस्ता सामाग्रीहरु आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिंगका लागि दुरुपयोग गर्न सक्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह