२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

१५ कार्तिक २०८२, शुक्रबार १२:५३

गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।

बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ । उहाँका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

अनलाइन माध्यामबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताउनु भएको छ ।

देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उहाँले बताउनु भएको छ । यस समूहको क्रियाकलापले जनवरी र मईको बिचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुर्याएको जनाइएको छ ।

त्यस्ता क्रियाकलापहरु पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको उहाँले चेतावनी दिनु भएको छ । जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउदै उहाँले त्यस्ता सामाग्रीहरु आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिंगका लागि दुरुपयोग गर्न सक्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट