१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कोहलपुरमा दोस्रो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी हुने

१७ फाल्गुन २०७२, सोमबार ०८:१४

फागुन १७, नेपालगन्ज । बाँकेको कोहलपुरमा दोस्रो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी हुने भएको छ । कृषि विकास मन्त्रालयले यहि फागुन २३ गतेदेखि २७ गतेसम्म कृषि यन्त्रहरुको प्रदर्शनी गर्न लागेको आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघसँगको सहकार्यमा ५ दिनसम्म चल्ने राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनीको तयारी तीब्र पारिएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष उमेश मानन्धरले जानकारी दिनुभयो ।‘कृषिमा यान्त्रिकीकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं’ भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा एक सय भन्दा बढी कृषि औजार र उपकरण राखिने मानन्धरले वताउनु भयो ।

प्रर्दशनिले आधुनिक कृषि उपकरणको प्रयोगलाई प्रबद्र्धन गरी कृषि उपज बढाइ व्यवसायिकीकरण गर्न मद्धत मिल्ने उहाँको भनाई छ ।यस अघिको प्रद्र्धशनिले किसानलाई नयाँ प्रविधि र त्यस सम्वन्धी जानाकारी दिन सहयोग मिलेकाले यसपटक पश्चिममा प्रर्दशनी गर्न लागिएको मानन्धले वताउनु भयो ।

प्रदर्शनीमा १ सय २५ स्टल राखिने छ । स्टल निःशुल्क राखिने र अवलोकन पनि निःशुल्कै रुपमा गर्न पाइने आयोजकले जनाएको छ ।पुर्व मेचि देखी पश्चिम महाकाली सम्मका करिव ५० हजार कृषकले प्रर्दशनी अवलोकन गर्ने आयोजकको भनाई छ ।यसअघि पहिलो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी चितवनको नारायणी किनारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु