Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो ।

बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।