2026-08-27 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध

काठमाडौँ | निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।

सडक अवरुद्ध हुँदा सुत्केरी, गर्भवती, आकस्मिक बिरामी र विपद्मा परेकालाई आवतजावत गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । यातायात ठप्प भएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी र बजार आपूर्तिसमेत प्रभावित बनेको छ ।

जिल्ला सदरमुकाम भोजपुरबाट उत्तरी क्षेत्रतर्फका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने भोजपुर–दिङ्ला खण्ड वर्षाले हिलाम्य भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ ।

त्यस्तै, दक्षिणी क्षेत्रका हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकातर्फका सडक अवरुद्ध हुँदा सहज यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, अरुण, पौवादुङमा र टेम्केमैयुङ गाउँपालिका तथा भोजपुर नगरपालिकाको केन्द्रका रूपमा रहेको मध्यपहाडी लोकमार्ग कालोपत्र भएकाले केही सहजता भएको स्थानीयले बताएका छन् ।

निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने र सडक भाँसिने जोखिम रहेकाले सचेत रहन जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो