2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

जिविस बाँकेद्धारा आगामी आर्थिक बर्षका लागि सवा ५ अर्बको बजेट प्रस्तुत

फागुन १७, बाँके । जिल्ला विकास समिति बाँकेले आगामी आर्थिक बर्षका लागि सवा ५ अर्बको बजेट प्रस्तुत गरेको छ । जिविसले १७ करोड ७१ लाख ६३ हजार ९ सय ३९ रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

२५औं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी जीवलाल भुषालले आर्थिक वर्ष २०७३/७४ को बार्षिक बजेट मध्ये पुँजीगत तर्फ ३ अर्ब ४० करोड ७३ लाख ७ हजार ९ सय ४७ र चालूतर्फ १ अर्ब ७६ करोड ९८ लाख ५५ हजार ९ सय २२ रहेको छ । जिविस सभाकक्षमा आयोजना गरिएको परिषद्को खानेपानी तथा सरसफाई राज्यमन्त्री दिनेशचन्द्र यादवले उद्घाटन गर्नुभयो ।

विकास योजनाहरु स्थानीय स्वायत्त शासन ऐन, निर्देशिका तथा सिद्धान्तमा रहेर दिगो विकास लक्ष्य अन्तर्गत् गरिवी निवारण, वातावरणमैत्री पूर्वाधार निर्माण, लैंगिक समानता लगायतका विषयहरुमा आधारित नीति तथा कार्यक्रमहरु भुषालले प्रस्तुत गर्नुभयो । गुरुयोजना अन्तर्गत् सडक यातायात, झोलुंगे पुल, हुकाली राजमार्ग, जिल्ला सडक संजालमा जोडिएका सडकहरु निर्माण, राप्ती नदी डुबान र कटानबाट जोगाउन तटबन्ध लगायत दिगो समाधान खोजिने नीति तथा कार्यक्रममा छ ।

जनताको आवास कार्यक्रम अन्तर्गत् गन्धर्ब समुदायको बसोबासको लागि ब्यबस्था, बाढीपीडितका लागि आवास निर्माण लगायत गुणस्तरीय चेकजाँच प्रयोगशाला पनि आउने आर्थिक बर्षमा संचालन गरिने भुषालले बताउनुभयो । नीति तथा कार्यक्रममा राप्तीपारी क्षेत्रमा बिद्युतीकरण, बघौडा क्षेत्रलाई उज्यालो बनाउन शोलार बत्तीलाई प्रयोगमा ल्याईने र सूचना माग्ने प्रविधिलाई ब्यबस्थित बनाउन कार्यालयहरुलाई अनुरोध गर्ने र वेइभसाईड ब्यबस्थित गर्ने लगायत समेटिएका छन् ।

आर्थिक सामाजिक क्षेत्रतर्फ कृषि खेती प्रणालीलाई ब्यबस्थित वनाउन यान्त्रिकीकरण गर्ने र हाटबजार निर्माण गर्ने, पर्यटन विकासका लागि ५ बर्षे रणनीति अनुसार काम गरिने, साझेदारी समन्वयकारी भूमिका बढाउनेदेखि लिएर उद्यमशीलताका लागि दैनिक १८ घण्टा बिद्युत प्रवाहका लागि पहल थाल्ने साथै युवा लक्षित कार्यक्रमहरु प्रभावकारी बनाउने कुराहरु मुख्य प्राथमिकतामा छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई