२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा

१८ कार्तिक २०८२, सोमबार १२:३८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार परीक्षण गर्ने राष्ट्रहरूको सूचीमा परिरहेको खुलासा गर्नुभएको छ । उहाँले यो विषयलाई अन्य शक्तिशाली राष्ट्रहरूबीचको व्यापक प्रतिस्पर्धात्मक ढाँचाको रूपमा प्रस्तुत गर्दै अमेरिकाले पनि आफ्ना आणविक परीक्षणहरू पुनः सुरु गर्नु अपरिहार्य भएको बताउनुभयो ।

सिबिएस न्युजको ‘६० मिनेट्स’ कार्यक्रममा आइतबार प्रसारण गरिएको अन्तर्वार्तामा ट्रम्पले रुस, चीन, उत्तर कोरिया र पाकिस्तानलगायतका देशहरूले निरन्तर आणविक परीक्षण गरिरहेको दाबी गर्नुभयो । उहाँका अनुसार, अमेरिका मात्रै यस्तो राष्ट्र बनेको छ जसले परीक्षण नगर्ने नीतिलाई निरन्तरता दिएको छ ।

“रुसले परीक्षण गर्छ, चीनले पनि गर्छ, तर उनीहरूले त्यसबारे बोल्दैनन् । हामी भने खुला समाज हौँ, हामी फरक छौँ । हामीले यसबारे जनतालाई जानकारी दिनैपर्छ, किनभने पत्रकारहरूले यो विषयमा रिपोर्ट गर्छन् । अन्य देशमा त पत्रकारहरूले यसबारे लेख्न पनि पाउँदैनन्”, उहाँले भन्नुभयो, “हामी पनि परीक्षण गर्न जाँदैछौँ, किनभने अन्य सबै राष्ट्रहरूले गरिरहेका छन् । निश्चित रूपमा उत्तर कोरियाले गरिरहेको छ र पाकिस्तानले पनि परीक्षण गरिरहेको छ ।”

रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ३० वर्षभन्दा बढी समयपछि अमेरिका पुनः परीक्षणको तयारीमा रहेको प्रश्नमा उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

ट्रम्पले भन्नुभयो, “रुसले परीक्षण गर्ने घोषणा गरिसक्यो । उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ । अन्य देशहरूले पनि गरिरहेका छन् । परीक्षण नगर्ने एक मात्र देश हामी हौँ र म यस्तो स्थिति रहोस् भन्ने चाहन्न ।”

उहाँले अमेरिकासँग विश्वका सबैभन्दा बढी आणविक हतियार रहेको दाबी गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग निःशस्त्रीकरणबारे छलफल गरेको बताउनुभयो ।

ट्रम्पका शब्दमा, “हामीसँग विश्वलाई १५० पटक नष्ट गर्न सक्ने जति हतियारहरू छन् । रुससँग पनि धेरै छन् र चीनले तीव्र रूपमा वृद्धि गरिरहेको छ । उनीहरूसँग अहिले कम भए पनि चाँडै धेरै हुनेछ ।”

यसअघि बिहीबार उहाँले रुसको हालैको उन्नत आणविक प्रणालीको परीक्षणलाई औँल्याउँदै अमेरिकाले तत्काल आणविक हतियार परीक्षण पुनः सुरु गर्ने घोषणा गर्नुभएको थियो । यसले दुई आणविक शक्तिहरूबीचको तनाव पुनः चर्किने सङ्केत दिएको छ ।

एयर फोर्स वानमा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “आणविक निःशस्त्रीकरण ठूलो कुरा हो, तर जब अरूले परीक्षण गर्छन्, हामीले पनि त्यसको जवाफ दिनैपर्छ । हामीसँग अरू सबैभन्दा धेरै आणविक हतियार छन्, तर हामी मात्र परीक्षण नगर्ने राष्ट्र बन्नु उचित हुँदैन ।”

उहाँले परीक्षणका लागि तयारी भइसकेको तर समय र स्थान खुलाउन नमिल्ने जानकारी दिनुभयो ।

विश्वव्यापी आणविक परिदृश्य अझ अस्थिर हुनसक्ने चिन्ताबारे सोधिएको प्रश्नमा उहाँले जवाफ दिनुभयो, “मलाई लाग्छ हामीले यसलाई राम्रोसँग नियन्त्रणमा राखेका छौँ ।”

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सन् २००० मा हस्ताक्षर गरिएको ‘प्लुटोनियम डिस्पोजल सम्झौता’ औपचारिक रूपमा समाप्त गर्ने कानूनमा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौताले दुवै राष्ट्रलाई सैन्य प्रयोजनका लागि आवश्यक नभएको ३४ टन हतियार–ग्रेड प्लुटोनियम नष्ट गर्न बाध्य बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट