2026-09-26 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मध्यतराईमा अखण्ड अष्टयाम र लखराव यज्ञप्रति आकर्षण

काठमाडौँ | तराई–मधेसका रौतहट, बारा, पर्सालगायत आसपासका क्षेत्रमा अखण्ड अष्टयाम र लखराव यज्ञजस्ता धार्मिक अनुष्ठानहरू लोकप्रिय बन्दै गएका छन् ।

पछिल्ला वर्षहरूमा विवाह, व्रतबन्ध, गृहप्रवेश, प्राणप्रतिष्ठा, यज्ञयज्ञाधिलगायतका शुभकार्यमा नाचगान, भोजभतेरसहित यस किसिमका धार्मिक अनुष्ठान गर्ने चलन बढ्दै गएको छ ।

मौलापुर नगरपालिका–४ का हरेकृष्ण तिवारीका अनुसार विशेषगरी माघदेखि असार महिनासम्म सूर्य उत्तरायणको समयमा गरिने विभिन्न शुभकार्यमा गर्ने चलन बढेको हो । यसो नगरिकन शुभकार्य गरेमा फल प्राप्ति नहुने विश्वाससहित अखण्ड अष्टयाम र लखराव अनिवार्य गर्न थालिएको उहाँले स्पष्ट गर्नुभयो । साथै धार्मिक सहिष्णुता, सामाजिक एकता र भाइचाराको सम्बन्ध विस्तारमा समेत यो चलन सहयोगी बनेको देखिन्छ ।

उक्त धार्मिक अनुष्ठान गर्नका लागि मात्र आर्थिक हैसियतअनुसार रु २५ हजारदेखि दशौँ लाखसम्म अतिरिक्त रकम खर्च हुनेगरेको बौधीमाई नगरपालिका–८ सरमुजुवाका निर्दलीप्रसाद जैसवाल बताउँनुहुन्छ । उहाँका अनुसार भजनकीर्तन मण्डली, ‘साउण्ड सर्भिस’, ‘टेन्ट’, भोजभतेरलगायतको व्यवस्थापनका क्रममा आयोजक पक्षले थप आर्थिक दायित्व व्यहोर्नुपरेको हो ।
यसैगरी मध्यतराईका गाउँ–बस्तीमा विवाहअघि भगवान महादेवलाई प्रसन्न पार्न रुद्री पाठ, बसाहा (गोरु) पूजा, र शिवलिङ्गको लखराव पूजा गर्ने चलन पनि बढेको देखिन्छ । यसका लागि २०–२५ जना पुजारीद्वारा माटोले बनाइएका एक लाख २५ हजार शिवलिङ्गको सामूहिक पूजा गरिने धार्मिक विधि रहेको सरमुजुवा गाविसका पूर्वअध्यक्ष रामलोचन जैसवाल बताउनुहुन्छ ।

सन्तान नहुने दम्पतीले भाकलसहित तीर्थव्रतपछि जन्मेका सन्तानको विवाहअघि भगवान् शङ्कर र विष्णुलाई खुसी पार्न २४सैँ घण्टा अखण्ड अष्टयाम आयोजना गर्ने चलन पनि यस क्षेत्रमा बढ्दै गएको देखिन्छ ।

दुःखकष्टबिना खोटरहित सकुशल सन्तानको जन्म भएमा वाचा गरिएअनुसार लखराव, अष्टयाम गर्ने चलन रहेको मौलापुर नगरपालिका–३ का ७३ वर्षीय अनिल ठाकुरले जानकारी दिनुभयो ।

गसैगरी पछिल्लो दशकमा हनुमानको आराधना गर्ने चलन पनि बढेको बौद्धिमाई नगरपालिका–८ पूर्ववडाध्यक्ष उपेन्द्र दास बताउनुहुन्छ । उहाँका अनुसार पहिले मङ्गलबार र शनिबार मात्र आरधना गरिँदैआएकामा हिजोआज हप्तामा सातै दिन सङ्गीतमय वातावरणसहित पूजाआजा र आरधना गर्ने चलन बढेको छ ।

यसकिसिमका धार्मिक क्रियाकलाप एवं अनुष्ठानका कारण देशको मध्यतराईस्थित रौतहट, बारा, पर्सालगायत आसपासका मधेसी समाजमा धार्मिक आस्था, मौलिक संस्कृति, आपसी सद्भावसहित भारचाराको सम्बन्ध विस्तारमा सहयोग पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह