२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ

२१ कार्तिक २०८२, बिहीबार १४:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता कायम राख्न आवाश्यक रहेको बताउनु भएको छ ।

आगामी हप्ता, डब्ल्यूएचओ, युनिसेफ र युएनआरडब्लुएले गाजाका करीव ४४ हजार बालबालिकाका लागि नियमित खोप, पोषण, उपचार, र वृद्धि अनुगमन गर्न सुरु गर्ने उल्लेख गर्दै उहाँले यसको लागी युद्धविराम अवाश्यक रहेको सामाजिक सञ्जाल एक्स मार्फत औल्याउनु भएको हो । उहाँका अनुसार गाजा पट्टीका बालबालीकाहरु करीव दुई वर्षदेखि जीवन बचाउने आधारभुत स्वास्थ्य सेवाबाट बन्चित रहेका छन् ।

उनीहरुलाई स्वास्थ सेवा प्रवाह गर्न डब्ल्यूएचओले २० वटा क्षतिग्रस्त तथा नष्ट भएका स्वास्थ्य सुविधाहरूको पुनःस्थापना गरी सेवा वितरण केन्द्रहरूको सङ्ख्या विस्तार गर्दै स्वास्थ्य पूर्वाधार पुनस्र्थापना गर्ने प्रयास गरी रहेको उहाँले बताउनु भएको छ ।

डा. टेड्रोस एड्हानोम गेब्रेयससले “युद्धविराम सफलताका लागि मात्र आवश्यक नभइ गाजाको स्वास्थ्य प्रणालीमा सुधार ल्याउनका लागि पनि शान्ति र स्थायित्व सबैभन्दा उत्तम उपाय भएको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान