२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित ः किएभ

२३ कार्तिक २०८२, शनिबार १६:३७

रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै उर्जा क्षेत्र प्रभावित हुदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिबार बताएका छन् ।

पछिल्लो समयमा मस्कोले युक्रेनका ऊर्जा पूर्वाधार लक्षित आक्रमण बढाएकाले मुख्य इन्धन उत्पादन गर्ने प्राकृतिक ग्यास सुविधाहरूलाई क्षति पुर्याएको जनाइएको छ ।

विशेषज्ञहरूले युक्रेनमा जाडो महिना अघि नै उर्जा जोखिम रहेको बताएका छन् ।

रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको कारण, युक्रेनका धेरै क्षेत्रहरूमा आपतकालीन बिजुली कटौती गरिएको “ऊर्जा मन्त्री स्विटलाना ग्रिन्चुकले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ । उहाँले “ऊर्जा प्रणालीको अवस्था स्थिर भएपछि विद्युत प्रवाह निरन्तर गर्नेसमेत बताउनु भएको छ ।

उत्तरपूर्वी खार्किव र दक्षिणी ओडिसाका अधिकारीहरूले ऊर्जा सुविधाहरूमा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेसँगै युक्रेनमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो ।

आपतकालीन सेवाका अनुसार पूर्वी सहर डिनिप्रोमा भएको ड्रोन आक्रमणले एउटा भवनमा क्षति पुग्दा एक महिलाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् ।

राजधानी किभमा नागरिक र सैन्य अधिकारीहरूले मध्य पेचेस्र्की जिल्लाका दुई स्थानमा आक्रमणका कारण आगलागी भएको बताएका छन् ।

शुक्रबारको ड्रोनले आक्रमणले युक्रेनको दक्षिणी ओडिसाको ऊर्जा पूर्वाधारमा पनि प्रहार गरेको गभर्नर ओलेग किपरले टेलिग्राम मार्फत बताउनु भएको छ ।

किभको स्कूल अफ इकोनोमिक्सले एक प्रतिवेदन मार्फत रूसी आक्रमणले युक्रेनको प्राकृतिक ग्यास उत्पादन आधा बन्द गरेको जनाएको छ ।

शुक्रबार दक्षिणी रूसको भोल्गोग्राड क्षेत्रको ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणले त्यस क्षेत्रमा पनि बिजुली कटौती गरेको गभर्नर आन्द्रेई बोचारोभले टेलिग्राम मार्फत जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने