ललित बोहरा | असोज ११, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालीकाका जनप्रतिनीधीले घर घरमै गएर सामाजीक सुरक्षा भत्ता बितरण गरेको छ ।
साबिकका गाउँ बिकाश समितीहरुले घर घरमा गएर बितरण गर्ने नसकेको सामाजीक सुरक्षा भत्ता गाउँ गाउँ गएर बितरण गरेको अजयमेरु गाउँपालीका अध्यक्ष उमेश प्रशाद भट्ट बिकाशले जानकारी दिनु भयो । असोज महिना भित्र बितरण गर्नु पर्ने भत्ता दशै तिहारलाई लक्षीत गरेर आज बितरण गरी सकेको वडा नं.३ का वडा सदस्य सुरेन्द्र मल्लले जानकारी दिए ।
गाउँपालीकाले सामाजीक सुरक्षा भत्ता घर घरमै गरेर बितरण गर्ने निर्णय भएका र भोली सम्म सम्पुर्ण जनप्रतिनीधीले सामाजीक सुरक्षा बितरण गर्ने सक्न सुचना दिएको गाउँपालीकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गका सबै नागरिक ७० वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका दलित जेष्ठ नागरिक, ६० वर्ष माथिका एकल महिला, श्रीमान गुमाएका जुनसुकै उमेरका बिधवा महिला, पूर्ण अपांगता भएका व्यक्ति, अति असक्त अपांग र ५ वर्ष मुनिका दलित बालबालिकाहरुले बिगतमा आफुले खाईपाई बितरण केही वडाहरुमा भईसकेको छ । यता अमरगढी नगरपालीकाले भने बैंक मार्फ बितरण गरीरहेको छ । जसका कारण बृद्ध बृद्धाहरु लाईनमा बस्न समस्या खेपीरहेका छन् ।