असोज १५, परासी । नवलपरासीमा आजदेखि ताजिया मेला शुरु भएको छ । तिन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आजबाट शुरु भएको छ जहाँ ताजियाको द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, परासी । नवलपरासीमा आजदेखि ताजिया मेला शुरु भएको छ । तिन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आजबाट शुरु भएको छ जहाँ ताजियाको द"/>
२३ मंसिर २०८२, सोमबार
नवलपुर - NWL

नवलपरासीमा ताजिया मेला शुरु दर्शनार्थीहरुको भिडभाड

१५ आश्विन २०७४, आईतवार १३:१४

असोज १५, परासी । नवलपरासीमा आजदेखि ताजिया मेला शुरु भएको छ । तिन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आजबाट शुरु भएको छ जहाँ ताजियाको दर्शन गर्न भक्तजनहरुको भिडभाड बढन थालेको छ । मुस्लिम समुदायको महानपर्व मध्ये मोहर्रम पर्व यहाँका मुस्लिम हिन्दुहरु ठुलो ठुलो ताजिया बनाएर मनाउने गरेका छन् । अरबी हिजरीको पहिलो महिना मोहर्रमको १० तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला अन्होको यादमा यो मोहर्रम पर्व कसैले ताजिाय बनाई त कसैले विविध कार्यक्रम गरि मनाउने गरेका छन् ।

जिल्लाको सिमावर्ति क्षेत्र सरवाल गाउँपालिकाका वार्ड नम्बर ७ भुजहवाँमा ठुला तजिया बनाई मेला संचालन गरिएको छ । ७० फिट उचाई, ३० फिट चौडाई आकारमा ३२ खण्डको उक्त ताजिया बनाइएको छ । एक वर्ष लगाएर दुई जना ताजिया मिस्त्रीले बाँसैबासमा रङ्गिनचङ्गिन कागज बेरेर उक्त ताजियालाई सजाएको ताजिया मेला व्यवस्थापन समितिका अध्यक्ष राखलखन कुश्वाहाले बताए ।

जिल्लाको भुजहवाँ, महेसपुर र भगतपुरवा भन्ने गाउँमा ठुलो ठुलो ताजिया बनाई मेला संचालन गरिएको छ । मेलामा हिन्दु मुस्लिम समुदायको नेपाल भारतबाट हजारांैको संख्यामा दर्शनार्थीहरु ताजियाको दर्शन गर्न र मेला अवलोकन गर्न आउने गरेको अध्यक्ष कुश्वाहाले बताए । वर्षौंदेखि परम्परागत रुपमा मनाईदै आइएको यस ताजिया मेलामा ढाँकतासा, थकरी र लाठीभाला खेला समेत प्रदर्शन गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य