१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा

१६ आश्विन २०७४, सोमबार ०४:३१

असोज १६, नवलपरासी | नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ । करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै पहल गरिरहेको छैन । 

हाल तालमा पानी छैन । तालको क्षेत्रफल मानिने अधिकांश जग्गामा स्थानीयवासीले अन्नबाली लगाउने गरेका छन् । ताल नवलपरासीको हालको रामग्राम नगरपालिका–१४ र १५ को केही भाग र यसैगरी पाल्हीनन्दन गाउँपालिका–५ (साबिक सनई, सुक्रौली र हुकुई गाविसमा फैलिएको छ । ताल संरक्षण हुन नसक्दा अहिले आफ्नो अस्तित्व गुमाउन पुगेको एक स्थानीयवासीले बताएका छन् । 

पौराणिक इतिहासमा कृष्ण भगवान्ले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेको धार्मिक किंवदन्ती छ । एकातर्फ ताल संरक्षणको अभावमा इतिहास गुमाउँदै गएको छ भने अर्कोतर्फ तालको जग्गा स्थानीयवासीले अतिक्रमण गर्दै जोतभोग गर्दैछन् । पटक पटक तालको संरक्षणका लागि यस अगावैको जिविस (हालको जिल्ला समन्वय समिति)बाट तारबार गरी क्षेत्रफल निर्धारण गर्न रकम विनियोजन भएको भए पनि हालसम्म तालको यकिन जग्गासमेत छुट्याउन सकिएको छैन र त्यसको संरक्षणमा रकम पनि खर्चिएको छैन । 

ऐतिहासिक र परिचित भए पनि नन्दन ताल पछिल्लो समयदेखि स्थानीयवासीले बिना अनुमति आफैँ बाँडफाँड गरी जोतभोग गर्न थालेपछि यसको इतिहास र अस्तित्व गुम्ने अवस्थामा पुगेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन