पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले उक्त स्वास्थ्य संस्थाका लागि एम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले उक्त स्वास्थ्य संस्थाका लागि एम्"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स

१६ आश्विन २०७४, सोमबार ११:००

पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले उक्त स्वास्थ्य संस्थाका लागि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । सांसद लम्सालले ठुलीपोखरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदी र वडा अध्यक्ष राजेन्द्र पौडेललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत आर्थिक वर्ष ०७३÷७४ को बजेटमार्फत सांसद लम्सालले रु १० लाख रुपैयाँ र  प्रवासीको सहयोगमा उक्त एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सेवा शुरु भएसँगै  नगरपालिकाका साविकका गाविसहरु खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा, कार्किनेटा लगायतका बासिन्दाहरु बढि मात्रामा लाभान्वित भएका छन् ।

सांसद लम्सालले विकास निर्माणको काममा एकजुट भएर लाग्न नगरबासीलाई आग्रह गरे । उनले गाउँको विकासमा स्थानीयनै सक्रिय हुनुपर्ने भन्दै सवै एक जुट हुनुपर्नेमा जोड दिए । गाउँमा एम्बुलेन्स सेवा शुरुभएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताए ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले नेपाली नागरिकले चाहेजस्तो संविधान झण्डै ७ दशकपछि प्राप्त भएको बताउँदै अब संविधानको सफल कार्यान्वयसँगै मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासमा लाग्नुपर्ने बेला आएको बताए ।

उनले आफु जिल्ला विकास समितिको सभापति रहकै बेला पर्वत जिल्लाको भाग्यरेखा कोरिएको बताउँदै भएका सम्भावनाहरुलाई अधिकतम उपयोग गरेर समग्र जिल्लाको दिगो विकास निर्माणका कुराहरुमा जोड दिनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले पर्वत जिल्लाका समग्र विकासका निम्ति स्थानिय तहहरु सक्रिय हुनुपर्नेमा जोड दिए । जिल्लाका सात स्थानीय तहहरुले आआफ्ना गाउँ÷नगरबासीको समस्या समधान र विकासको पूर्वधार तयार गरी दिगो विकासमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य हेमराज सापकोटा, नेकपा एमाले केन्द्रिय संघीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी, माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, नेपाली काग्रेसका प्रतिनिधि विष्णुवहादुर विक, नेकपा एमालेका गुमा गौतम लगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता